सुवास नेम्बाङ कानुनमन्त्री बन्दै,उपेन्द्रले यी दुई मन्त्रालय पाउने भए,प्रचण्डले पनि छाने मन्त्री,ओलीको लिस्टमा को-को?



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई कानुनमन्त्री बनाउने तयारी गरेका छन।

आज हुने मन्त्रिपरिषद् बिस्तारमा नेम्बाङ कानुनमन्त्री बन्ने भएका हुन् । नेम्बाङ यसअघि २०५६ को निर्वाचनपछि पनि कानुनमन्त्री बनेका थिए । दुईपटक राष्ट्रियसभाका अध्यक्ष भइसकेका नेम्बाङ व्यवस्थापिका संसदको सभामुख पनि भईसकेका छन् । नेम्बाङ सहित प्रदिप ज्ञवाली मन्त्री बन्ने निश्चित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले मन्त्रिपरिषद्‌लाई पूर्णता दिनुअघि मन्त्रालयको संख्‍या बढाएको छ। स्रोतका अनुसार मन्त्रीहरुलाई व्‍यवस्थापन गर्न मन्त्रालयको संख्‍या बढाइएको हो।

थपिएका मन्त्रालयहरुमा सिँचाइ, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन्। यसअघि शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद राखिएको थियो भने अब शिक्षा र युवा तथा खेलकुद छुट्टाछुट्टै मन्त्रालय हुनेछन्। यस्तै श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई छुट्टयाएर श्रम तथा रोजगार अलग्‍गै मन्त्रालय बनाइएको छ।

योसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ।

ओली सरकारमा माओवादीबाट ६ जना मन्त्रीमध्‍ये पाँच जनालाई मन्त्री बनाउन बाँकी रहेकाले मन्त्रालयको संख्या बढाइएको छ।

माओवादीबाट गरिरजामणि पोखरेललाई शिक्षा मन्त्रालय, वर्षमान पुनलाई ऊर्जा मन्त्रालय र बाँकी शक्ति बस्नेत, जनार्दन शर्मा, बिना मगरलाई कुन मन्त्रालय दिने भनेर अध्‍यक्षले सिफारिस गर्ने बताइएको छ।

यस्तै फोरमलाई शहरी विकास र स्वास्थ्य मन्त्रालय दिइएको छ । तर को कुन मन्त्री हुने भन्‍नेबारे फोरमले तय गरेको छैन। फोरम अध्‍यक्ष उपेन्द्र यादवले दोस्रो वरियता मागेपछि प्रधानमन्त्री ओलीलाई मन्त्रीको टुंग्‍याउन गाह्रो भएको छ।

यस्तै एमालेका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको सूची प्रधानमन्त्री ओलीकै हातमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...