सिअाइबीले बोर्ड बैठक बसिरहँदा छापा मारेर समात्यो एनसीसी बैंकका ४० कर्मचारी,यस्तो मुद्दा लगाईने



हाम्रो इकोनोमि

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिअाइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसिरहँदा छापा मारेकाे छ।

ब्युराेले बैंकका ४० भन्दा बढी उच्च अधिकृतलाइ पक्राउ गरेकाे छ।

केही समयअघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिअाइबीले बैंकका ऋण अधिकृतसहितका अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो।

ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो। ब्युरोका एसएसपी घनश्याम अर्यालका अनुसार बैंकमा ब्युरोका अधिकारीले अनुसन्धान गरिरहेको मात्र बताए। ‘केही समयमा विस्तृत विवरण ब्युरोले सार्वजनिक गर्दैछ’, उनले भने।

सिअाइबीले ऋण शाखाका अधिकांश कर्मचारीलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...