मन्त्रालयको संख्या थपियो,यी हुन् थपिएका तीन मन्त्रालय



हाम्रो इकोनोमि

सत्तारुढ दलहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढाउने सहमति भएको छ ।
अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको छ ।

जबकी उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो ।
स्रोतका अनुसार थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय भएका छन् ।

श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् ।
संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ । शुक्रबारको निर्णयले अब २० मन्त्री हुने भएका छन् भने बढीमा चार राज्यमन्त्री हुनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...