चार बजे सपथ गराउने गरी ओलीले सरकार बिस्तार आजै गर्दै,मन्त्री हुने भाग्यमानीको यस्तो बन्यो लिस्ट



प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। यसअघि माओवादी केन्द्र सहभागी सरकारमा मधेसवादी दल संघीय समाजवादी फोरम र राजपालाई समेत समेटेर सरकार विस्तारको तयारीमा ओली लागेका हुन्।

सरकार विस्तार र मन्त्रालय थपबारे प्रधानमन्त्री ओलीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए। स्रोतका अनुसार आजै दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ।

आज विस्तार हुने मन्त्रिपरिषद्मा एमालेबाट प्रदीप ज्ञवाली, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, योगेश भट्टराई, लीला श्रेष्ठ, गोकुल बाँस्कोटा, भानुभक्त ढकालको नाम चर्चामा छ। कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाको नाममा पनि पार्टीभित्र छलफल भएको छ।

यस्तै माओवादी केन्द्रबाट बिना मगर, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलको सम्भावना छ। संघीय समाजवादी फोरमबाट आजै सरकारमा सहभागी हुने तयार भए पनि नाम टुंगो लाग्न सकेको छैन।

फागुन ३ गते नियुक्त प्रधानमन्त्री ओलीको सरकारमा हालसम्म ७ मन्त्री मात्र सहभागी छन्। फागुन ३ गते नियुक्त भएका प्रधानमन्त्री ओलीले लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल, डा युवराज खतिवडा, रामबहादुर थापा र मातृका यादवलाई मन्त्रालयको जिम्मेवारी दिइसकेका छन्। नयाँ मन्त्रिपरिषद्‌मा एमालेले प्रधानमन्त्री कार्यालयसहित ११ र माओवादीले ७ मन्त्रालयमा सहमति गरेका थिए।

मधेसवादी दललाई समेत सहभागी गराउँदा कम्तीमा तीन वटा मन्त्रालय थप गर्ने तयारीमा ओली रहेको स्रोत बताउँछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक मन्त्रीपरिषद् बिस्तारको तयारी थालेका छन् । नेकपा माओवादी केन्द्रले अब बन्ने मन्त्रीको नामावली टुङ्गो लगाएसँगै नेकपा एमालेमा पनि मन्त्रीमा दाबी गर्नेहरुको दौडधुप सुरु भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तारका अन्तिम तयारी थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एक दुई दिनभित्र सरकार विस्तार गर्ने बताए । बुधवार वाम गठबन्धन प्रदेश १ का प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई बधाई दिने कार्यक्रममा बोल्दै एक–दुई दिनमै सरकार बिस्तार हुने उल्लेख गरे । संघीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले सरकार विस्तारको तयारी थालेका हुन् ।

३ फागुनमा प्रधानमन्त्री निर्वा्चित भएका ओलीले दुईपटक गरेर सरकारमा ६ मन्त्री नियुक्त गरेका छन् । हाल उनीसहित ७ जनाको मन्त्रिपरिषद छ । सत्तारुढ वाम गठबन्धनले यसअघि केन्द्र सरकारमा १८ मन्त्रालय राख्ने निर्णय गरेको थियो ।

वाम गठबन्धनको सहमति अनुसार पनि सरकारको पूर्णताका लागि अझै ११ जना मन्त्री थप गर्नुपर्ने हुन्छ । राष्ट्रपतिको निर्वाचन, वाम गठबन्धनभित्रको आन्तरिक संघर्ष र मधेसवादी दललाई सरकारमा ल्याउन भइरहेको कसरतका कारण मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई भएको हो ।

हाल सात सदस्यीय रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेर सरकारको कामलाई पूर्ण क्षमतामा अघि बढाउने उद्देश्य साथ ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्रीका आकांक्षी पनि बढ्न थालेका छन् । प्रधानमन्त्री ओलीले शुरुमा मन्त्रिमण्डल बनाउँदा ‘सरप्राइज’ दिंदै लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए । त्यसपछि दोस्रो चरणमा डा. युवराज खतिवडा र ईश्वर पोख्रेल मन्त्री बने । उनीहरुसँगै माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवले मन्त्री बन्ने अवसर पाए ।

एमालेबाट को–को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेश समेट्ने गरी एक–एक जनालाई एमालेबाट मन्त्री बनाउने तयारी थालेका छन् । ओली निकट स्रोतका अनुसार प्रम ओली सकेसम्म विवादमा नमुछिएका व्यक्तिलाई मन्त्री बनाउने पक्षमा छन् ।

प्रदेश–१ : यो प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई, सांसद तथा पार्टी पोलिटब्युरो सदस्य तथा र त्यसैगरी मोरङ–३ बाट निर्वाचित भानुभक्त ढकाल, पाँचथरका सांसद वसन्त नेम्बाङ, ओखलढुङाबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवार, धनकुटाबाट निर्वाचित राजेन्द्र राई लगायत चर्चामा छन् ।

यो पनि पढ्नुहोस् :-

एमाले स्थायी कमिटी : अहिलेसम्म को कति पटक भए मन्त्री ?
निर्वाचनअघि प्रचारका क्रममा ताप्लेजुङ पुगेका ओलीले ‘योगेशलाई जिताएर पठाउनु मन्त्री बनाउने काम मेरो’ भन्दै भाषण गरेका थिए । उनले भनेका थिए,‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतगार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरु ढुक्क हुनहोस् माथि म छु, योगेश यहाँ छ ।’ तर, केही समुह उनलाई मन्त्री हुनबाट रोक्न प्रधानमन्त्री ओलीकोमा धर्ना नै बसिरहेको बताइन्छ ।

सचिव भट्टराई एमालेभित्र अहिलेसम्म मन्त्री नबनेका एक जना मात्रै पदाधिकारी हुन् । उनी बाहेक सबै पदाधिकारीहरु पटक पटक मन्त्री बनीसकेका छन् । जनस्तरबाट उनी मन्त्री बनोस् भन्ने चाहाना र दबाब भएपनि उनी आफै भने मन्त्री बन्नलाई मरिहत्ते गरेर लबिङमा लागेका छैनन् । ओलीको जगजगी चलिरहेको बेला ओलीले पार्टीभित्र गरिरहेका एकलौटी निर्णयको खुलेर आलोचना गर्ने नेता हुन् उनी । पछिल्लो समयमा एमालेभित्र प्रधानमन्त्री ओलीको बोली नै निर्णय हुने गरेको छ । एमालेभित्र एकदमै कम पदाधिकारी छन्, जो ओलीको निर्णयलाई आलोचना गर्ने सामाथ्र्य राख्छन्, ती मध्येका एक हुन् सचिव भट्टराई । त्यही कारण उनलाई मन्त्री नबनाउने चर्चा गरिन्छ । पछिल्लो समयमा एमाले स्थायी कमिटि र पदाधिकारीहरु मन्त्री बन्ने चाहनाका कारण ‘चुप’ अवस्थामा छन् । उनीहरुले स्थायी कमिटि बैठकमा अध्यक्ष ओलीले गरेको एकलौटी निर्णयको आलोचना समेत गर्ने आँट गरेका छैनन् । तर, उनले खुलेर आफ्ना धारणा राख्दै आएका छन् ।

पाँचथरबाट विजयी वसन्त नेम्बाङलाई मन्त्री बनाउन एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले लबिङ गरिरहेका छन् । ओलीका एक सहयोगी सुवास नेम्बाङले वसन्तलाई मन्त्री बनाउनै पर्ने दबाब दिइरहेका छन् । तर, योगेश र भानुभक्तको तुलनामा बसन्तको प्रोफाइल सानो भएको तर्क पनि एमालेवृत्तमा छ ।

प्रदेश–२ : यो प्रदेशबाट एमाले उपाध्यक्ष वामदेव गौतमका नजिककामध्ये एक रघुवीर महासेठ मन्त्री बन्ने सम्भावना छ । वामदेवले रघुवीर र प्रदेश–४ बाट रवीन्द्र अधिकारीलाई मन्त्री बनाउनुपर्ने लबिङमा छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोका ज्वाईं समेत रहेका रघुवीरलाई मन्त्री बनाउन अहिले चर्को लबिङ चलिरहेको छ ।

प्रदेश–३ : प्रदेश ३ बाट मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । तर, पछिल्लो चरणमा सूची घटेर दुई जनामा सीमित भइसकेको जनाइएको छ । मन्त्रीका लागि लबिङमा दोलखाका पार्वत गुरुङ र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ लबिङमा छन् । अहिलेसम्म एमालेबाट तामाङ समुदायाबाट मन्त्री नबनेका कारण प्रदेश नम्बर तीनबाट तामाङलाई मन्त्री बनाउन दबाब परेको छ । ओली मन्त्रिपरिषद्मा पर्नका लागि अहिले काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र काभ्रेका गोकुल बास्कोटाले लबिङ गरिरहेका छन् । कृष्णगोपाललाई ओलीले पार्टी कार्यालय सचिवको पनि जिम्मेवारी दिएका छन् भने बास्कोटा पनि ओलीका निकट नेतामा पर्छन् ।

प्रदेश–३ बाटै काठमाडौंका रामवीर मानन्धरले पनि मन्त्रीका लागि पहल गरिरहेका छन् । तर, उनलाई कम्तिमा पनि राज्यमन्त्रीमा व्यवस्थापन गर्ने प्रयासमा पार्टी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रदेश–४ : यो प्रदेशबाट यसअघि संविधानसभाबाट रुपान्तरित संसदमा विकास समितिका सभापति भइसकेका कास्कीका रवीन्द्र अधिकारी ओली मन्त्रिमण्डलमा पर्ने सम्भावना बलियो छ । उनलाई र प्रदेश–२ का रघुवीरलाई मन्त्री बनाउन एमाले उपाध्यक्ष गौतमले नै लबिङ गरिरहेका छन् । तर, ओलीले दुवैलाई बनाउन नसकिने बताएको अवस्थामा वामदेवले रवीन्द्र र रघुवीरमध्ये एकलाई रोज्नुपर्ने अवस्था छ । यहाँबाट स्याङ्जाकी पद्मा अर्याल पनि मन्त्री बन्ने दौडमा छन् । गत निर्वाचनमा बहालवाला उपप्रधामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्याललाई पनि सके मन्त्री नसकेमा कम्तिमा राज्यमन्त्रीसम्म बनाउने तयारी गरिएको छ ।

प्रदेश–५ : प्रदेश नम्बर–५ बाट गुल्मीबाट निर्वाचित पार्टी सचिव तथा सचिवालय सचिव प्रदीप ज्ञवाली गुल्मीबाटै निर्वााचित पार्टी सचिव गोकर्ण विष्ट र रुपन्देहीका छबिलाल विश्वकर्माको मन्त्री बन्ने सूचीमा छन् । प्रधानमन्त्री कार्यालय मातहत बनाउने भनिएको एउटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी ओलीले ज्ञवालीलाई दिने सम्भावना छ । एमालेमा बौद्धिक नेताका रुपमा परिचित ज्ञवाली एमालेका दस्तावेज लेखनका काममा ओलीका विश्वासपात्र पनि हुन् ।शालिन र बौद्धिक छविका सचिव ज्ञवाली पार्टीभित्र लोकप्रिय नेता हुन् । ओलीको सबैजसो अप्ठ्यारोमा साथ दिएका ज्ञवालीले अर्थको जिम्मे पाउने धेरैको अनुमान थियो । संगठन र विचार दुबैमा ओलीलाई ज्ञवालीले दरिलो साथ दिदै आएका छन् । तर, विश्वकर्माले पनि आफूलाई मन्त्री बनाइनुपर्ने विभिन्न आधारसहित पार्टी नेतृत्वसँग तीब्र लबिङमा छन्।

कर्णालीबाट को ?

कर्णाली प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि कुनै नेताको ठूलो चर्चा छैन । यहाँबाट विजयी एक जनालाई राज्यमन्त्रीसम्मको जिम्मेवारी दिने चर्चा छ । यो प्रदेशमा दैलेख १ र २ बाट एमालेका रवीन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्री विजयी भएका थिए । त्यसैगरी डोल्पबाट धनबहादुर बुढा र मुगुबाट गोपालबहादुर बम प्रतिनिधि सभामा विजयी भएका थिए ।

प्रदेश–७ : यो प्रदेशबाट तीन नेताको नाम चर्चामा छ । डोटीका प्रेम आले, कैलालीका नारदमुनि राना र अछामका भीम रावलको नाम चर्चामा छ । तर, यो पटक भीम रावल मन्त्री बन्ने सम्भावना कम छ । यस्तोमा डोटीमा बहालवाला मन्त्री वीरबहादुर बलायरलाई हराएका आले र कैलाली ५ मा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गरेका रानाको नाम चर्चामा छ । डोटीमा बहालवाला मन्त्रीलाई हराएका आले जिल्लामा विकासप्रेमी नेताका रुपमा स्थापित छन् । उनलाई मन्त्री बनाउनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि लबिङमा छन् । वरिष्ठ नेता नेपालसँगै आले प्रधानमन्त्री ओलीका पनि विश्वासपात्र मानिन्छन् । उनी दोस्रो संविधान सभा निर्वाचनपछि पनि मन्त्री बन्ने चर्चामा थिए । तर यो पटक भने प्रदेश ७ बाट एमालेले उनलाई मन्त्री बनाउने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको