सन्दिप र दिपेन्द्रको शानदार बलिङले नेपाल एकदिवसीय अन्तराष्ट्रीय मान्यता नजिक,नेपालको सानदार जित



हाम्रो इकोनोमि

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ। पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा  २३ ओभरमा पार गर्‍यो।

प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराए नेपालले स्वत: एकदिवसीय मान्यता पाउनेछ। जारी खेलमा हङकङ विजयी भएमा एकदिवसीय मान्यताका लागि शनिबार नेपाल र हङकङबीच भिडन्त हुनेछ। विजयी हुने टिमले एकदिवसीय मान्यता पाउनेछ।

पिएनजी विरुद्धको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे। उनले ५८ बलमा १ चौका र ३ छक्का प्रहार गरे। उनले २३ ओभरको अन्तिम बलमा छक्का प्रहार गरेका थिए।

यस्तै रोहितकुमार पौडेलले नटआउट ३ रन जोडे।

आरिफ शेखले २६ रनको योगदान दिए। आरिफ र दीपेन्द्रबीच चौथो विकेटका लागि ६७ रनको साझेदारी भएपछि नेपाल जित नजिक पुगेको थियो।

नेपालको सुरुवात भने खराब रह्यो। नेपालले तेस्रो ओभरमा दुबै ओपनर गुमायो। ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रन तथा अनिल साह ९ रनमा पेवेलियन फर्किएका थिए।

कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो। पारसले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले एकै ओभरमा १६ रन प्रहार गरेका थिए।

त्यसअघि जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पिएनजी २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। दुवैले समान ४-४ विकेट लिए। करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे।

ऐरीले पिएनजीका लागि सबैभन्दा बढी रन बनाएका चार्ल्स अमिनीलाई १९ रनमा एलबिडब्लूको धरापमा पारे। दीपेन्द्रले २६ ओभरमा लगातार २ विकेट लिएका थिए। सो ओभरमा उनले जासन किला र नोर्भान भानुवालाई बोल्ड गरेका थिए। उनले अन्तिम विकेटका रफमा जोन रिभालाई पनि आउट गरे।

सन्दीपले किपलिप डोरिगालाई १० रनमा बोल्ड गर्दा माहुरु दाईलाई ५ रन बनाएर खेलिँरहँदा सोमपाल कामीबाट क्याच गराए। यस्तै उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे। त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा पारेका थिए।

करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए। त्यसअघि अर्का ओपनर असद भाला १० रनमा पेभेलियन फर्के। उनलाई सोमपाल कामीले एलबिडब्लूको धरापमा पारेका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...