बाम गठबन्धनले पेल्यो मधेशीलाई,राजपा र फोरम सरकारमा जान बाट बिच्किने सम्भावना यसरी बढ्यो



प्रतिनिधि सभामा दुई तिहाई बहुमतको निकट रहेका एमाले–माओवादी केन्द्रले राज्यका प्रमुख पदहरुमा मात्र होइन, सहायक पदहरु आफू बाहेक अन्य दललाई नदिने नीति अख्तियार गरेका छन्।

प्रतिनिधि सभाको उपसभामुखमा समेत एमालेको तर्फबाट उम्मेदवारी परेपछि सत्ता पक्षको रुपमा रहेको वामगठबन्धन राज्यका प्रमुख पदमात्र होइन, सहायक पदहरुमा समेत साझेदारीको पक्षमा रहेनछ भन्ने स्पष्ट भएको छ।

यसअघि नै माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख भइसकेका छन्। एमाले–माओवादी केन्द्र एकताको क्रममा रहेकाले उपसभामुखको जिम्मेवारी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस वा मधेश केन्द्रित दललाई दिएको भए हुने हो। तर, उनीहरुले त्यो उदारता देखाएनन्।

वामगठबन्धनबाट महरा सभामुख भइसकेका स्थितिमा उपसभामुखमा एमालेकै शिवमायाँ तुम्बाफाम्फेको उम्मेदवारी परेको छ। त्यही पदमा नेपाली कांग्रेसकी पुष्पा भूषालले पनि उम्मेदवारी दिएकी छन्।

नेपालको संविधान-२०७२ मा सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नहुने उल्लेख छ। एमाले–माओवादी केन्द्रबीच एकीकरणपछि सभामुख र उपसभामुख एउटै पार्टीको हुने स्थिति रहन्छ। यत्ति कुरापनि ख्याल नगरी एमालेबाट तुम्वाहाम्फेको उम्मेदवारी परेको छ।

वामगठबन्धनबाट माओवादी केन्द्रका महरा सभामुख भएपछि यसअघि उपसभामुख संघीय समाजवादी फोरमबाट हुने चर्चा थियो। तर, तुम्बाहाम्फेको उम्मेदवारीपछि अब त्यो सम्भावना पनि तत्कालका लागि टरेको छ।

२०६५ यता भने दलहरुले सभामुख र उपसभामुख भागबण्डा गर्दै आएको थिए। ०६५ मा एमाले–कांग्रेसले एमालेका सुवाष नेम्वाङ सभामुख बनाउँदा माओवादीकी पूर्णाकुमारी सुवेदीलाई उपसभामुख बनाएका थिए।

२०७० को निर्वाचनपछि नेम्वाङ नै सभामुख बने। तर, माओवादीकी ओनसरी घर्तिलाई उपसभामुख बनाइयो। तिनै घर्ति ०७२ मा सभामुख बन्दा एमाले–माओवादीले राप्रपाका गंगाप्रसाद यादवलाई उपसभामुख बनाए।

राष्ट्रपति–उपराष्ट्रपति पनि यसअघि फरक फरक पार्टीबाट हुने गरेका थिए। ०६५ मा नेपाली कांग्रेसका डा रामबरण यादव राष्ट्रपति निर्वाचित हुँदा फोरम निकट परमानन्द झालाई उपराष्ट्रपति बनाइएको थियो।

०७२ पछिपनि यही अभ्यास गरिएको थियो। एमालेकी विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भइन्। तर, उपराष्ट्रपति माओवादीका नन्दबहादुर पुन भए। भण्डारी राष्ट्रपतिमा दोहोरिएकी छन् र उपराष्ट्रपतिमा पुनपनि दोहोरिँदैछन्।

राष्ट्रिय सभाको अध्यक्षपनि एमालेका गणेश तिमिल्सिना बनिसकेका छन्। प्रतिनिधि सभाको उपसभामुख समेत अरुलाई नछोडेको वामगठबन्धनले उपाध्यक्ष पनि अरुलाई नछाड्न सक्ने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको