आज मन्त्रीको टुंगो लगाएर भोली सपथ खुवाउन यसरी जुटे ओली,क-कस्को चम्किने भयो भाग्य



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तारका लागि छलफल सुरु गरेका छन् । गएको फागुन १४ गते दोस्रोपटक मन्त्रीपरिषद विस्तार गरेयता यसबारेमा औपचारिक छलफल भएको थिएन ।

तर प्रधानमन्त्री ओलीले थप मन्त्री चयनका लागि बिहीबारदेखि छलफल सुरु गरेको स्रोतले जनाएको छ । मन्त्री छनौटका लागि ओली बिहीबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले पनि आफ्नो तर्फबाट सरकारमा पठाउन बाँकी मन्त्रीको छनोफानो गर्न छलफल थालेका छन् ।

माओवादीको पार्टी कार्यालय परिसडाँडामा भेला भएका शीर्ष नेताले मन्त्री चयन केन्द्रित छलफल अघि बढाएका हुन् । अनुसार एमाले र माओवादी केन्द्रले संभवत बिहीबारै मन्त्रीको टुंगो लगाउने छन् ।

यसैबिच मन्त्री बन्ने आंकाक्षी धेरै हुँदा र फोरमलाई पनि मन्त्री दिनु पर्ने अवस्था आएपछि मन्त्रालय संख्या बढाउनु पर्ने विषयमा समेत छलफल गर्न भन्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास गएका छन् ।

श्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँँग मन्त्रालय बढाएर मन्त्री बन्नेको आकांक्षा पूरा गर्न र फोरमलाई पनि सन्तुष्ट बनाउन प्रस्ताव राख्ने छन् । तर माओवादीका अन्य शीर्ष नेताले त्यसो गर्न नुहुने दबाब प्रचण्डलाई दिएका छन् ।

‘पहिले मन्त्रालयको संख्या कम गराउने भनेर सहमति भयो ? अहिले मन्त्रीका आकांक्षी धेरै भए भनेर मन्त्रालय थप्दा बाहिर सन्देश राम्रो जाँदैन भन्नेमा कतिपय नेताले नेतृत्वलाई दबाब समेत दिएका छन’, श्रोतले भन्यो ।

माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र बिना मगर अबको मन्त्रीमण्डलमा अटाउने संभावना छ ।

ओली र प्रचण्डबिच सरकारमा जान यसअघि नै सहमति जनाइसकेको संघीय समाजवादी फोरम नेपाललाई कुन कुन मन्त्रालय दिने भन्ने बारे पनि छलफल हुनेछ ।

वाम गठबन्धन र फोरमबिच दुई मन्त्री र एक राज्य मन्त्री फोरमलाई दिने सहमति भइसकेको छ । त्यही सहमतिका आधारमा फोरमले ओलीलाई प्रधानमन्त्रीमा समर्थन समेत गरेको थियो ।

त्यसअघि वाम गठबन्धनमा मन्त्रीमण्डलको आकार प्रधानमन्त्री बाहेक बढीमा १७ मन्त्रालय राख्ने, त्यसमा एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति भएको थियो ।

फोरम सरकारमा सहभागी हुने भएपछि उसको माग अनुसार एउटा मन्त्रालय आफूले दिने र अर्को मन्त्रालय माओवादीले दिनु पर्ने एमालेको जोड छ । तर माओवादीले आफ्नो भागबाट मन्त्रालय कटौती नगर्ने मनस्थिति बनाएको छ ।

पहिलो पटक फागुन ३ गते दुई सदस्यीय मन्त्रीमण्डलसहित ओली नेतृत्वको सरकार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...