माधब नेपालको भाषण सुन्दा सुन्दै यसरी निदाए यी सांसद,संसदमा निदाएका सांसदलाई मतदाताले हाने यस्तो झटारो



हाम्रो इकोनोमि

बझाङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सांसद भैरव बहादुर सिंह सदन चलिरहेका बेला मस्त निदाएको फोटो समाजिक सञ्जालमा एकाएक भाईरल भएपछि स्थानिय मतदाताहरुले समाजिक सञ्जाल मार्फत चर्को आलोचना गरिरहेका छन् । निर्वाचन ताका स्थानिय क्षेत्रको विकासका एजेण्डाहरुलाई जोड तोडकासाथ सम्बोधन गर्न जनता अगाडी कसम खाएका सिहंले यसरी संसदको बैठकमा निदाएको फोटो सार्वजनिक भएसँगै स्थानिय मतदाताहरुले उनको चर्को आलोचना गरिरहेका छन् ।

बिभिन्न कोणबाट ब्यांग्य हान्दै समाजिक संजालमा सांसद भैरव सिंह प्रति टिका टिप्पणी हुन थालेका छन् भने सासंद सुतेको फोटोका बारेमा स्थानिय चोक चोकमा समेत आलोचना हुन थालेको छ । उनको संसदको बैठकमा सुतेको फोटो सार्वजनिक भएसंगै सिंहका बिपक्षी मात्र होईन उनका समर्थकहरुले समेत आलोचना गरि रहेको हाम्राकुराले उल्लेख गरेको छ।

प्रतिनिधी सभा सदस्य जस्तो उच्च ओहोदाको जनप्रतिनिधीले बैठकमा गैर जिम्मेवार तरिकाले सुत्नले स्थानिय क्षेत्रको बिकासका लागी आशा गर्नु दुर्भाग्य भएको स्थानिय बासीको भनाई छ । बझाङ चैनपुरका गणेश जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत ब्याग्य हान्दै लेखेका छन् ‘बझाङका माननिय ज्यू ले बझाङको समृद्घिको सपना देख्नका लागी पो सुत्नु भएको रहेछ संसदमा । कुरै नबुझी बिरोध, सपना देख्न नि सुत्न नपाउने , मान हानिको मुद्घा हाल्ल परो छिटो ’।

जोशीले मात्र होईन जोशी जस्ता धेरै ब्यक्तीहरुले सामाजिक सञ्जालमा संसद सिंहको आलोचना गरि रहेका छन् । बझाङ कै जनक मण्डेल उनकै पाटीको समर्थक हुन तर उनले ले पनि आफ्नो फेसबुक पेजमा सुतेको फोटो राखी सांसद सिंहको बारेमा कडा बिरोध गरि लेखेका छन् ‘सुत सुत राती सुत्न नपाएको होला अब के गर्नु त हो यस्ता गोठालामा सुहाउने लाई नेता बनाएपछि कसरी बझाङको बिकास होला हेर्नु त । यसरी सांसद सिंहको आलोचना सहित सामाजिक सञ्जालमा फेसबुकमा धेरैले उनको संसदमा निदाएको फोटो सहित कमेन्ट र सियर गरि ब्यापक बिरोध गरि रहेको छन् ।

बझाङ घर भएका हाल कोरियामा बस्ने कृष्ण खड्काले पनि ब्यांग्य हान्दै लेखेका छन् ‘तिम्रो मनको गहराईत म नाप्न सक्दिन तर तिम्रो औकात कति रहेछ यो फोटोबाटै प्रस्ट देख्छु ’। नेकपा एमालेका बैकल्पीक केन्दिय सदस्य समेत रहेका सांसद भैरव सिंह हालै सम्पन्न भएको निर्वाचनबाट पहिलो पटक सासंदमा निर्वाचित भएका हुन् । संसद सिंहका केही समर्थकहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत संसद सिंह नसुतेको भनेर आखा मात्र बन्द गरेको भनेर सफाई पेस गरि रहेका छन् ।

तर सांसद भैरव सिंहले सामाजिक सञ्जाल फोटा सुतेको हो भनेर भाईरल बनाएको प्रति गम्भिर भएको भन्दै पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल बोलि रहदा माननिय गणेश ठकुल्लासँग कानेखुसी गर्दै गर्दा फोटा कसैले कैद गरेको र सुतेको जस्तै देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...