रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व



हाम्रो इकोनोमि

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ ।

विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्वसम्मतरुपमा वर्तमान सभापति चित्रकार चारवर्षे कार्यकालका लागि निर्वाचन हुनुभएको निर्वाचन समितिका संयोजक मनोज थापाले जानकारी दिनुभयो ।

रेडक्रस नुवाकोट शाखा सदस्यहरुमा सीता तामाङ, दिलबहादुर शाक्य, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, हरि श्रेष्ठ, श्रीराम पाण्डे, बादलमान श्रेष्ठ, विनोद पाठक, उद्धव शर्मा रिजाल, नारायणबहादुर पाण्डे र गोकर्णराज ढकाल मतदानमार्फत विजयी हुनुभएको छ ।

यसअघि, जिल्ला सभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेडक्रस जिल्ला शाखाले भूकम्पपछि उद्धार, उपचार, पुनःनिर्माण र जीविकोपार्जनमा पु¥याएको योगदान प्रभावकारी भएकाले आगामी दिनमा निरन्तर कायम राख्न नयाँ बन्ने नेतृत्वलाई आग्रह गर्नुभएको थियोे ।

जिल्लासभामा रेडक्रसका केन्द्रीय सदस्य मनोज थापा, केन्द्रीय संगठन विभाग प्रमुख विष्णुराज नेपाल, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, रेडक्रस जिल्ला सल्लाहकार डा केदारनरसिंह केसी, वर्तमान उपसभापति राजकुमार भट्टराई लगायतले विपद्को समयमा उद्धारमा परिचालन हुँदै आएको रेडक्रसको छवि, सिद्धान्त र मान्यता विश्वसामु उत्कृष्ट रहेको बताएका थिए ।

कार्यक्रममा उत्कृष्ट उपशाखा झिल्टुङ, उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा चण्डेश्वर मावि तुप्चे र उत्कृष्ट स्वंयसेवकमा देउरालीका सीता तामाङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...