प्रधानमन्त्रीलाई आफ्नैले हाने छिर्के,ज्वाईलाई मन्त्रालयको भण्डार सुम्पे पछी ओलीको सत्तोसराप



हाम्रो इकोनोमि

पार्टीका चल्तापुर्जा नेतालाई बाइपास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेर अर्थमन्त्री बनाएका युवराज खतिवडाले परिवारमोह देखाएका छन्। राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् ।अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक पदमा कार्यरत थिए । अब अर्थमन्त्रीका विशेष सहयोगीका रुपमा अर्थमन्त्रालय हाजिर भएका छन् ।आफन्त नभएसम्म काम गर्न ओलीका यी होनहार अर्थमन्त्री युवराज खतिवडालाई पनि गाह्रै पर्ने देखियो । सदाचारको कुरा गर्ने ओलीलाई खतिवडाले तगारो हालीदिएको श्रोतको भनाई छ।

युवराज खतिवडा गभर्नर भएका बेलामा आफ्ना यिनै ज्वाईलाई कनिष्ठ भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोषको आकर्षक तलव पाइने स्थानमा पठाएका थिए ।पूर्व प्रधानमन्त्रीले सालालाई र अर्थमन्त्रीले ज्वाइलाई काखी च्यापेर चल्नुपर्ने स्थिति देखेपछि अरु मन्त्रीले पनि त त्यसै गर्ने होलान् ? उता गृह मंत्री राम बहादुर थापाले छोरालाई पीए बनाएको भन्दै आलोचना भएको छ। यी दुई मंत्रीको रबैयाले ओलीलाई असहज बनाएको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...