राष्ट्रपति चयनका लागि मतदान सकियो, १८ सांसदले हालेनन् भोट,यी हुन् भोट नहाल्ने सांसद



संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे पहिलो मतदान गरेर सुरु भएको थियो ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो ।
विहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको थियो ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी जम्मा ८८० जना मतदाता रहेका छन् ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद मतदानमा अनुपस्थित रहे।

राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय स‍ंसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो।

निर्वाचन आयोगका प्रवक्ता ढकालका अनुसार अपराह्न ४ बजेदेखि मतगणना सुरु हुनेछ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा व्यवस्था गरिएको छ।

मतदानमा अनुपस्थित संघीय संसदका सदस्यहरु
रेशम चौधरी
बाबुराम भट्टराई
प्रेम सुवाल
जितेन्द्रनारायण देव
रमेशप्रसाद यादव

मतदानमा अनुपस्थित प्रदेशसभाका सांसदहरु
कृष्णबहादुर चौधरी
धनमाया लामा
प्रल्लाद गिरी
प्रेमबहादुर तामाङ
विराजभक्त श्रेष्ठ
मनिश सुमन
रमेश पौडेल
राजेश्वर साह
दिन पन्त
शोभा शाक्य
सुरेन्द्र गोसाइ
हरिशरण आचार्य
हिमबहादुर शाही

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।