बिद्या भण्डारीलाई सराप्दै देउवाले गरे मतदान,राजपाले खुसी हुदै सत्तासंग यसरी साट्यो भोट



प्रदेश–२ मा वामगठबन्धनले फोरम–राजपा गठबन्धनका मुख्यमन्त्री लालबाबु राउतको पक्षमा मतदान गरेकाले आफूहरुले विद्यादेवी भण्डारीको पक्षमा मतदान गरेको राजपा नेता राजेन्द्र महतो बताएका छन्।

भण्डारीको पक्षमा मतदान गरेपछि राजपा अध्यक्ष मण्डलका सदस्य महतोले भने, प्रदेश–२ मा वाम गठवन्धनले बिनाशर्त हामीलाई मत हाल्यो, त्यसैले हामीले पनि भण्डारीको पक्षमा मतदान गरेका हौं।’

प्रदेश–२ मा वामगठबन्धनको मत पाउनु नै राष्ट्रपति निर्वाचनमा राजपाले एमाले उम्मेदवार भण्डारीको पक्षमा मतदान गर्नुको प्रमुख कारण रहेको बताएका महतोले राजपा सरकारमा सहभागी हुने नहुने टुङ्गो नलागेको बताए।

‘सरकारका विषयमा वामगठबन्धनसँग हाम्रो गम्भीरतापूर्वक छलफल भएको छैन’ महताले भने, ‘तर प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राजपा संयोजक सम्योजक महन्थ ठाकुरसँग प्रस्ताव राख्नुभएको छ।’

सरकारमा जाने विषयमा राजपा नकरात्मक नहेको पनि महतोले बताए। राष्ट्रपति निर्वाचन स्थल संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कुरा मिलेछ भने सरकारमा जाने विषयमा सोचौंला।’

राष्ट्रपति निर्वाचन चल्दै गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पराजय निश्चित भएपनि राष्ट्रपति निर्वाचनमा कांग्रेसले भोजपुरकी कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ।

‘उहाँ (राष्ट्रपति भण्डारी) सबैको राष्ट्रपति हुनुपर्छ भनाइबाट मात्र होइन कामबाट देखिनुपर्छ’ मतदानपछि कांग्रेस नेता प्रकाशमान सिंहले सञ्चारकर्मीहरुसँग भने, ‘अघिल्लोपटक उहाँले तटस्थ भुमिका नखेलेको अनुभूति हामीलाई भएको छ।’

कांग्रेस महामन्त्री शशांक कोइरालालेपनि राष्ट्रपति भण्डारीको भूमिकाप्रति असन्तुष्ट भएकैले कांग्रेसले उम्मेदवार खडा गरेको बताइसकेका छन्। कोइरालाको कथन थियो, ‘राष्ट्रपतिको भुमिकाका विषयमा प्रश्न उठेरै हामीले उम्मेद्वारी दिएको हौं। अब भण्डारीलाई दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रप्रतिको भुमिका निर्वाह गर्न आग्रह गर्छु।’

राष्ट्रपति निर्वाचनमा सभापति शेरबहादुर देउवाले मतदान गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।