गोली प्रहारबाट गम्भीर घाइते भएका मेयर चौधरीको अबस्था जटिल,सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै



गोली प्रहारबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ।

घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। घटनामा संलग्न भएको प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ।

चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनको कोहलपुर अस्पतालमा उपचार भइरहे पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरिएको हो।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए।

उता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमण आफूहरुबाट नभएको जनाएको छ।

‘चौधरीमाथि भएको गोली एवं खुकुरी प्रहारको घटना सुनियोजित हो,’ नेपाल लाइभसँग टेलिफोन कुराकानी गर्दै जिल्ला सचिवालय सदस्य विनोद विष्टले भने, ‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारबाही गर्ने पक्षमा छैन।’ उनका अनुसार पार्टीले अहिले कालोमोसो दल्ने, जनसहभागितामा भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका काम गरिरहेको छ। पार्टीले हतियार उठाएर कसैमाथि आक्रमण गर्ने कार्यक्रम नरहेको जनाएको उनले बताए।

पार्टीले नगर प्रमुख चौधरीमाथि कारबाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भए पनि पार्टीको जनकारबाहीमा हतियारले आक्रमण गर्ने कारबाही नरहेको उनले दाबी गरे।

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेकपाका ३ कार्यकर्तालाई पक्राउ गरेको छ। राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर जिल्ला सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

घरमै बसिरहेका बेला सोमबार साँझ नगर प्रमुख चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनलाई कोहलपुरबाट आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं लगिएको छ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए।

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।