४९ जनाको शव फेला पर्यो,एउटै कलेज पढ्ने यी १९ नेपाली विद्यार्थी दुर्घटनामा परे(नाम सहित)



हाम्रो इकोनोमि

दुर्घटनाग्रस्त युएस बंगलाको जहाजबाट अझै ३ जनाको शब निकाल्न बाँकी रहेको सुरक्षा स्रोतले बताएको छ।

अपरान्ह सभा ५ बजेसम्मको जानकारी अनुसार मृत्यु हुने यात्रको संख्या ४९ पुगेको छ।

यसैगरी १९ जना यात्रुलाई काठमाडौंका विभिन्न अस्पताल उपचारका लागि लगिएको छ।
‘३ जना यात्रुको खोजी जारी छ’ सुरक्षा स्रोतले भन्यो, ‘उनीहरु अझै भेटिएका छैनन्।’
जहाजको अघिल्लो पंखा भन्दा पछिका सबैजसो यात्रुहरु जलेको अवस्थामा भेटिएका थिए।
अघिल्लो पंखादेखि पाइलट बस्ने भागसम्मका यात्रु जीवित रहेको बताइएको छ।

युएस बांग्ला एयरको ढाकाबाट काठमाडौँ आएको विमानमा चालकदलका ४ सहित ७१ यात्रु थिए।
विमानस्थल कार्यालयका अनुसार विमानमा ३७ पुरुष, २८ महिला, २ जना बालबालिका र चालकदलका ४ जना सदस्य थिए।
विमान पूर्ण रुपले ध्वस्त हुँदा ठूलो संख्यामा यात्रुले ज्यान गुमाएका छन्। चार अस्पतालमा गरी २७ यात्रुको उपचार भइरहेको छ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमानमा बंगलादेशस्थित एक मेडिकल कलेजमा अध्ययनरत १९ नेपाली विद्यार्थी सवार रहेको खुलेको छ।

सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा अध्ययनरत १९ नेपाली विद्यार्थी एक महिने विदा मनाउन नेपाल आउँदै गरेको सोही कलेजका बंगलादेशी विद्यार्थी सौरभले जानकारी दिए।

१९ मध्ये १३ जनाको नाम मात्र आफूहरुले पत्ता लगाउन सकेको उनले बताए। उनका अनुसार सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी बालकृष्ण थापा,ज्ञानुकुमारी गुरुङ, प्रशन्न पाण्डे,अवदेशकुमार यादव,श्रिया झा,सञ्जय महर्जन,सन्जय पौडेल,अन्जली श्रेष्ठ,निगा महर्जन,कृष्णकुमार साहनी,प्रिन्सी धामी,आस्ना शाक्य,चारु बराल,अल्गिना बराल,सरुना श्रेष्ठ,समिरा व्यञ्जनकार,सोविन्द्रसिंह बोहरा,माली महर्जन,श्वेता थापा,पुर्णिमा लोहनी,विनोद राज पौडेल केशब पाण्डेय,सनम शाक्य,हरीप्रसाद सुबेदी,दयाराम ताम्राकार हरिशंकर पौडेल विमानमा सवार थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...