जलेर ध्वस्त बिमानबाट ४९ को शव निकालियो,अझै मृतक रहेको प्रहरीको आशंका



हाम्रो इकोनोमि

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको र विमानभित्रका ठूलो संख्याका यात्रुको ज्यान गएको सुरक्षा स्रोतले जानकारी दिएको छ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

सुरक्षा स्रोतले करिब ४९ यात्रुको ज्यान गएको जानकारी दिएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत सुरक्षा स्रोतले जानकारी दिएको छ।

 

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको विमान धावनमार्गमा आगलागीले ध्वस्त भएपछि अहिले विमानस्थलमा उद्धार प्रयास जारी छ।

केही यात्रुहरुलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेजतर्फ लगिए पनि अन्य यात्रुबारे सुरक्षाकर्मीहरुले बताइरहेका छैनन्। बाँकीको अवस्थाबारे सुरक्षाकर्मीले स्पष्ट रुपमा केही बताएका छैनन्।

विमानको अवस्था हेर्दा यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले भने, ‘ठूलाे संख्यामा यात्रुको ज्यान गएको छ। अहिलेसम्म १७ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। करिब ४९ यात्रुको ज्यान गएको छ।’

युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...