राष्ट्रिय सभाको अध्यक्षमा उम्मेद्वारी दिन तर्सियो कांग्रेस,ओलीका विश्वासिला गणेश भए निर्बिरोध निर्वाचित



हाम्रो इकोनोमि

कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने भएको छ। सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको हो। पदीय गरिमा राख्ने व्यक्ति वाम गठबन्धनले चयन गरेको बताउँदै कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिएको दाबी गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदको शक्ति सन्तुलनलाई हेर्दासमेत राष्ट्रियसभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताए। ‘राष्ट्रियसभा भनेको प्रबुद्ध व्यक्तिहरुको सभा भएकाले त्यसमा मत विभाजन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको हो,’ उनले भने।

एमालेले राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अध्यक्षको निर्वाचन भोलि हुँदैछ।

गणेश तिमिल्सेना राष्ट्रियसभा सदस्य हुन्। उनी नेकपा एमालेको उम्मेदवारको रुपमा विजयी भएका हुन्। २०५४ सालमा पर्वतका जिविस सभापति पनि भइसकेका तिमिल्सेना राष्ट्रिय भूमिकामा भने पहिलो पटक देखिएका हुन्।

राष्ट्रियसभाको जिम्मेवारीबारे आम मानिसमा कम मात्रै जानकारी छ। कारण, यो सभा झन्डै डेढ दशकसम्म प्रयोगमा थिएन। बहुदलपछिका केही वर्ष प्रयोगमा रहेको यस किसिमको सभा पुन: क्रियाशील हुँदैछ।

राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेबाट गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद् भवन पुगेर सोमबार तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन्।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।

एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन्। उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुसँगको परामर्शमा तिम्सिनाको उम्मेदवारी तय गरेका हुन् ।

अध्यक्ष पदको निर्वाचन फागुन ३० गते बुधबार हुनेछ । सोमबार दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

एमालेले राष्ट्रियसभा अध्यक्षका दावेदार पर्शुराम मेघी गुरुङलाई नेता एमाले संसदीय दलको नेता र सचेतकमा खिमलाल भट्टराई बनाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...