ओलीलाई २०८ सांसदले दिए बिश्वासको दुई तिहाई मत,गगन थापालाई ठहरै हुने गरी ओलीले हाने यस्तो घुँएत्रो



 

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार विश्वासका मत प्राप्त गरेका छन् ।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा आईतवार भएको मतदान प्रक्रियामा २०८ मत परेको थियो, भने विपक्षमा कांग्रेसकोमा ६० मत झरेको थियो । वाम गठबन्धनको सहज बहुमतमा प्रधानमन्त्री बनेका ओलीलाई संघियसमाजवादी फोरम, राजपा र स्वतन्त्र सांसदहरुले समेत प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए ।

समग्र नेपाल कै ईतिहासमा यति धेरै मत प्रतिशत प्राप्त गरेर प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति बन्न पुगेका छन् ।

त्यस अघी जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नेतृत्वकोे सरकारले लोकतन्त्र मास्ने आरोप जनताले नपत्याउने दाबी गरे।
प्रतिनिधिसभामा विश्वासकोे मत माग्नेक्रममा राखेको प्रस्तामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै आफूले सदनमा धेरै कुरा गरिरहन आवश्यक नभएको बताए।

उनले प्रतिपक्षमा बसेपछि प्रतिपक्षमा बसेर आरोप लगाउने क्रममा कति कठिन भयो भन्ने स्पष्ट भएकोे बताए।
आधा शताब्दिभन्दा बढि समय आफू लोकतन्त्रका लागि लडेको बताउँदै त्यहि लोकतन्त्र आफ्नो कार्यकालमा मासिएला भन्ने चिन्ता कसैले नलिन पनि उनले आग्रह गरे।

सरकार बनेको एक महिना नहुँदै देखिएका कतिपय समाजका विकृति कसैले यहि सरकारले अस्तिमात्रै रोपेर आएको जस्तो गरी व्यक्त गरेको भन्दै कैलालीको घटनामा आफूले कुनै विलौना नगरी कानुन बमोजिम दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको उनले बताए।
सरकारले केहि नगरेको होइन, सामाजिक पछ्यौटेपनका कारण हो र यस्तो पछ्यौटेपन हटाउन कदम सरकारले चाल्ने छ।
कुनै पनि मानवताविरोधी घटना र दण्डहिनता यो सरकारले स्विकार्य हुँदैन। अबका दिनमा यस्ता घटना हुने दिन गए।

अहिले र हिँजो भन्ने कुरामा भावनात्मक ढंगले व्याख्या गर्ने कुरा एउटा होला तर यहि रोष्ट्रमबाट संविधान असंशोधीय दस्तावेज होइन, समाजको माग, देश र जनताको माग र आवश्यकता अनुसार संशोधन हुन्छ भनेको थिएँ।

हिजो संविधान निर्माणका समयमा स्वार्थ समूहबीच दबाब र टकराव हुन सक्छ। हिजो हामी द्धन्द्धमा पनि रह्यौँ, लडाइ पनि भयो र त्यसबाट त हामी एकतामा आयौँ भने अब भनाभन थियो भन्ने कुरा सम्झाएर केही अर्थ हुँदैन। मैले दुइ तिहाइ मात्रै होइन सबैको समर्थन खोजेको देशका हितमा काम गर्नका लागि हो।

हामीलाई प्राप्त बहुमत दम्भका लागि होइन, देश एकजुट छ भन्ने सन्देश दुनियालाई सहि र सकारात्मक कुराका लागि हो दम्भका लागि होइन।

म नेपालको प्रधानमन्त्री हो र त्यस हिसाबले काम गर्छु। एमालेको पनि हो, माओवादी केन्द्रको पनि प्रधानमन्त्री हो। एमाले र माओेवादीको तालमेल र नीतिले छानेर आएको हो तर त्यतिका लागि मात्रै काम गर्न आएको होइन देश र जनताको लागि काम गर्छु।हामी समस्याको गीतमात्र गाउने होइन तिब्र गतिमा समाधानको नीति र कार्यक्रम बनाएर अगाडि बढ्छौँ। हिड्दै जाँदा जहा पुगिएला अथवा ढुंगा फ्याकेर पुगेको ठाउमा मात्र होइन।

म सदनमा दुनियाले सुन्ने गरी मैले बोलेका हरेक कुराको जवाफदेहिता लिन्छु। एकछिनका लागि राम्रा र असल कुरा गरी उम्किनका लागि प्रधानमन्त्री बनेको होइन। म कुनै क्षमा खोेज्दिन जवाफदेहि हुने छु।

गगन थापाको भनाइप्रति जवाफ दिँदै भने, तपाइले हाम्रो घोषणा पत्र विहान पाठ गरी पारी तर्न होइन यहि लोक बनाउनका लागि तयार पारेको हो।प्रतिपक्षले खबरदारी गरे हुन्छ। गुरु नपाइन सक्छ तर गुरु नहुँदैमा परिक्षामा फेल हुँदैन। द्रोणचार्य नहुँदा एकलव्य फेल भएनन र मेरो निष्टा पनि त्यहि हो।

आयुको अवधिको समय सिमा हुन्छ। आज फागुन २७ भोली २८ हुन्छ। समयको सिमा हुन्छ। सामथ्र्यकोे पनि सिमा हुन्छ। ज्ञानको पनि सिमा हुन्छ। म पनि त्यहि सिमाभित्र छु असिमित छैन। तर मेरो प्रतिबद्धता र इमान्दारीताको सिमा हुँदैन त्यो असिमित हुन्छ।

सबै माननियले भाषा जे व्यक्त गरे देश विकासमा सँगै हिड्ने कुरामा खुशी व्यक्त गर्छु।
कतिपयले बाध्यताका कारण मत नदिएर बाहिर जाँदा सुरक्षा कर्मी, ड्राइभर अथवा खाना दिनेले ओलीलाई भोेट दिनु भएन भनि सोध्न सक्छ। तर भोट नदिएपनि तपाई ढुक्क भएर सुते हुन्छ। तपाईलाई आफ्नै मनले सोध्न सक्छ र जवाफ तपाइले जवाफ दिनु पर्नेछ अथवा त्यसै छोड्नु पर्छ।

अब हामी मिलेर जाने र देश बनाउने हो। बादविवाद गरेर केही पनि हुँदैन। अब परिणाममा देखिनु पर्छ भन्ने कुरामा म विश्वास गर्छु। जनताकोे जीवन, देशकोे अर्थतन्त्रमा भिन्नता आउनु पर्छ। देशको अर्थतन्त्र कस्तो छ म अघिको प्रधानमन्त्रीलाई थाहा होला।

लोेकतन्त्र र जनतन्त्र हुनु पर्यो। जनताकोे नीम्ति न्याय हुने गरी काम गर्नुछ। फेरि फेरि पनि यस सदनमा आफ्ना कामकोे बारेमा यस सदनमा जवाफ दिने छु।
अघि जे सुकै भनिएको भएतापनि अझै पनि दलहरुले एउटै साझा निश्कर्षमा पुग्न नसकिने भन्ने छैन। हिजो कतिपय विषयमा तितोमिठो भए होेला तर हामी अतित मुखी होइन भविश्यमुखी हुन जरुरी छ। यसमा मेरो प्रतिबद्धता र प्रयास हुन्छ। देश र जनताप्रति मेरो इमान्दारीता, संकल्पका निम्ति विश्वास गर्दा फरक पर्दैन। नगर्दा कोरा राजनीति बाहेक केही ठहरिने छैन्।म यहाँ जवाफ दिन होइन मनका कुरा मात्रै राख्न आएको हो।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको