ओली जतिको भरोसा योग्य नेता अरु नभएको भन्दै प्रचण्डले गरे तारिफ,बिजयले यसरी हाने ओलीलाई छेड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनताले भाषण नभएर काम खोजीहरेको बताएका छन्।
आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत जाहेर गर्दै अध्यक्ष प्रचण्डले यो सकारकार इतिहासमै शक्तिशाली सरकार भएका कारण परिणामद्वार देखाउनुपर्ने चुनौती भएको बताए।

सरकालाई जनताको दुई तिहाइ मत प्राप्त गरेका कारण जनताबाट अनुमोदीत सरकार भएको उनले दावी गरे। ‘वाम गठबन्धनले जनस्तरबाटै अनुमोदन प्राप्त गरेको छ’, उनले भने, ‘आज हामी प्रक्रियामात्रै पुरा गरेका छौँ।’
आफ्नो पार्टीले एक महिना अगाडि नै केपी ओलीलाई समर्थनको पत्र राष्ट्रपतिलाई दिइसकेको बताउँदै उनले सरकारलाई काम गरेर अगाडि बढ्न आग्रह गरे।

प्रधानमन्त्री ओलीप्रति आफू र आफ्नो पार्टीको गहिरो विश्वास रहेको भन्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता व्यवहारमा देखिनुपर्ने बताए। ‘हामीले उपदेशद्वारा होइन कामद्वार जनतालाई अनुभूति दिलाउन पर्छ कि यो नयाँ सरकार हो भन्ने’, उनले भने।

बालिका बलात्कार, बोक्सीको आरोपका बारेमा चर्चा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारले सिधैँ कारबाही गर्नुपर्ने बताए। ‘यस्ता घटनामा अब चर्चा गर्ने होइन् सरकारले सिधैँ कारबाही गर्नुपर्छ’, यो सबैभन्दा अधिार प्राप्त सरकार हो, यसलाई काम गर्न कसैले रोक्न सक्दैन।’

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

संसदमा सम्बोधन गर्दै नेता गच्छादारले प्रधानमन्त्री ओलीले सबै दल मिलेर देश निर्माण गरौँ भन्नु सकारात्मक भए पनि संसदमा प्रतिपक्षी दलको आवश्यकता रहने भएकाले आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने स्पष्ट पारे ।

“प्रधानमन्त्रीले विकासको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मिलेर देश विकास गरौँ भन्नुभएको छ । यो सकारात्मक हो । तर प्रतिपक्षी दलबिनाको संसदको कल्पना गर्न सकिदैन ।” उनले भने ।

प्रतिपक्षले पनि विश्वासका मत दिनुपर्छ भन्नुलाई सकारात्मक रुपमा लिएका गच्छादारले प्रतिपक्ष विना संसदको कल्पना गर्न नसकिने बताए ।
“अरु दलरुसँग छलफल गर्नुभएको छ । मधेशवादी दलसँग छलफल भइरहेको छ, शुभकामना छ राष्ट्रिय सरकार बनोस् ।” गच्छादारले भने ।

कांग्रेसले गुण र दोषको आधारमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरेका योजना कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयमा कांग्रेसले वाच डगको रुपमा हेर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको