प्रचण्डका बिश्वाशिला यी सांसदले ओलीलाई नहाल्ने भए भोट,बिद्यालाई तीन सांसद भोट हाल्न बन्चित



प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज संसदमा विश्वासको मत लिदैछ ।
तर, संसदमा प्रधानमन्त्रीको पक्षमा जाने माओवादीका सांसदको एक भोट चाहिँ घटेको छ । शनिवार माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएका छन् ।

अव उनले संसदमा सरकारलाई दिइने विश्वासको मतको पक्षमा मतदान गर्ने छैनन् । सभामुखले पक्ष विपक्षीमा समान मत भए निर्णायक मतमात्र दिन पाउँछन् । संसदमा माओवादीका ५३ सांसद थिए । महरा सभामुख भएपछि मतदानमा भाग लिने सांसदको सख्या ५२ मात्रै हुनेछ ।

निर्वाचन आयोगले कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको स्पष्ट पारेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानुनी अडचनका कारण राष्ट्रियसभाका ३ जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको प्रष्टए ।

आईतबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै उनले राष्ट्रियसभाका ३ जना सांसदहरुले सपथ गर्नु अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरिएकाले अव त्यसमा थप गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारे ।
प्रमुख निर्वाचन आयुक्त यादवले सांसद भएर पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा आयोग दुःखित रहेको पनि बताए ।
उनले राष्ट्रपति निर्वाचन कानुन संशोधन गर्न पनि राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराए ।
राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएपछि मात्रै राष्ट्रिय सभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएकाले उनीहरु तीनै जनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न नपाउने कानुनी व्यवस्था छ । आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका ८ सय ८१ जना सांसदहरुले मतदान गर्नेछन ।
निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनको मिति कानुनीमै तोकिदिन पनि राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।
निर्वाचनको मिति कानुनमै तोके निर्वाचनमा खर्च कम हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे ।
उनले निर्वाचन आयोग कम खर्चमै निर्वाचन सम्पन्न गराउन लागि परेपनि त्यस अनुसारको कानुनी व्यवस्था हुन नसकेको पनि स्मरण गराए ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई राष्ट्रपति निर्वाचनमा मत बदर हुन नदिन पनि सचेत हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको