दौरा सुरुवाल लगाएर महराले लिए सभामुखको सपथ



हाम्रो इकोनोमि

सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले आइतबार शीतल निवासमा सभामुख पदको शपथग्रहण गरेका हुन्।

सभामुख महराले पहिलो पटक दौरा सुरुवाल लगाएर सपथ लिएका छन्। यसअघि मन्त्रीका रुपमा सपथ लिँदा सधैं अन्य पोशाकमा पुग्ने महरा यस पटक भने दौरासुरुवालमा राष्ट्रपति भवन पुगेका हुन्।

माओवादी केन्द्रबाट दुईजना नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएका थिएनन्। माओवादीबाट नन्दबहादुर पुनले उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा त्यसलाई महराले निरन्तरता दिएका छन्। नेपाली कांग्रेसको समेत सर्मथनमा महरा सभामुख पदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...