दौरा सुरुवाल लगाएर महराले लिए सभामुखको सपथ



हाम्रो इकोनोमि

सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले आइतबार शीतल निवासमा सभामुख पदको शपथग्रहण गरेका हुन्।

सभामुख महराले पहिलो पटक दौरा सुरुवाल लगाएर सपथ लिएका छन्। यसअघि मन्त्रीका रुपमा सपथ लिँदा सधैं अन्य पोशाकमा पुग्ने महरा यस पटक भने दौरासुरुवालमा राष्ट्रपति भवन पुगेका हुन्।

माओवादी केन्द्रबाट दुईजना नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएका थिएनन्। माओवादीबाट नन्दबहादुर पुनले उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा त्यसलाई महराले निरन्तरता दिएका छन्। नेपाली कांग्रेसको समेत सर्मथनमा महरा सभामुख पदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...