देब्रे खुट्टामा समस्या हुँदा दाहिने घुँडाको अप्रेशन गर्ने दुई भाई डाक्टरको जागिर चट्,यसरी परे निलम्बनमा



नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई डाक्टरलाई कारबाही गरेको छ।
काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको फेला पारेपछि डा प्रवीण नेपाल र डा शैलज रञ्जितकारलाई एक महिना निलम्बन गरेको हो।

काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्।
काउन्सिल स्रोतका अनुसार छानबिनका क्रममा दुबै डाक्टर दोषी देखिएकाले निलम्बनको निर्णय भएको हो। काउन्सिलले छानबिनका क्रममा दुबै डाक्टरलाई छलफलका लागि बोलाएको थियो। छलफलका क्रममा डाक्टरले काउन्सिललाई दाहिने घुँडाकै शल्यक्रिया गर्नुपर्ने भएर गरेको भन्दै ढाँटेका थिए।

तर, काउन्सिलले बिरामी पक्षसँग भएको सहमति, बिरामीको मेडिकल रिपोर्ट लगायतका अन्य विविध विषयमा अनुसन्धान गरेको थियो।

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकारले परिवाससँग गल्ती स्वीकार गरिसकेका छन्।

डा नेपालले चितवनमै रहेकी पौडेलको एमआरआई रिपोर्ट हेरेर शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएपछि उनी चितवनबाट बिहीबार काठमाडौं आई नर्भिक अस्पताल पुगेकी थिइन्। बिरामी पौडेलले धेरै दुखाइ नरहेको बताए पनि डा नेपालले शल्यक्रिया नगरे पछि समस्या पर्ने बताउँदै उनको शुक्रबार शल्यक्रिया गरेका थिए।

शल्यक्रियापछि आफन्त भेट्न जाँदा देब्रेको ठाउँमा दाहिने खुट्टाको शल्यक्रिया भएको पत्ता लागेको थियो। उक्त घटनामा बिरामीका आफन्तले आपत्ति जनाएपछि डा नेपालले देब्रे खुट्टा ठानेर शल्यक्रिया गर्दा दाहिने खुट्टाको भूलवश शल्यक्रिया भएको भनी स्वीकारेका छन्।

चिकित्सकले गल्ती भएको स्वीकार गरेपछि अस्पतालले बिरामीका आफन्तसँग सहमति गरेको छ। बिरामी पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले व्यहोर्ने सहमति अस्पतालले गरेको स्वस्थखबरले उल्लेख गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै डाक्टरलाई कटाक्ष गरेका छन्। शुक्रबार वीर अस्पतालको नयाँ भवन शिलान्यास गर्न पुगेका उनले व्यंग्य गर्दै भने, ‘डाक्टरले दायाँ र बायाँ घुँडा चिनेन भने के हुन्छ?’

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा सिधै कामसँग जोडिने भएकाले यसको गुणस्तरमा ध्यान दिन आग्रह गरे। एउटा ट्याबलेट मात्रै गलत पर्दा पनि ज्यान तलमाथि पर्ने क्षेत्र भएकाले संवेदनशील भएर काम गर्न उनले चिकित्सा क्षेत्रसँग सम्बन्धितलाई अनुरोध गरे। प्रधानमन्त्री ओलीले भने, ‘दुःखेको दाँत छाडेर सद्दे निकाल्ने, बिरामी खुट्टा नचिनेर सद्देको उपचार गर्ने र एउटा बिरामीको उपचार गर्नुपर्नेमा अर्कैको उपचार गर्ने भइरहेको छ। उपचारका क्रममा डाक्टर जिम्मेवार हुनुपर्‍यो।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको