महरा सभामुखमा निर्बिरोध निर्वाचित,कांग्रेसले दियो ‘भद्र र शालिन’को उपाधी



माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् ।सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन् । सभामुखमा प्रमुख विपक्षी कांग्रेसले उम्मेदवारी दिएको थिएन । कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र शालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
महरा गएको प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको