कालो बजारी गर्ने ब्यापारी र तस्करलाई जेल हाल्न मन्त्रीको उर्दी,सुन तस्करलाई सनासो लगाउने यस्तो तयारी



उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले कालोबजारी, अनियमितता र चरम लापारबाही गर्ने उद्योग, व्यापारी तथा व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नेगरि तयारी थालेका छन् ।

मन्त्री निकट उच्च स्रोतका अनुसार यादवले पछिल्लो समय मुलुकमा कालोबजारी बढेको खबरहरु छ्याप्छ्याप्ती भएपछि कालाबजारीलाई नियन्त्रण गर्नको लागि पनि त्यसमा संलग्न व्यापारीहरुलाई जेल हाल्ने समेत तयारी गरेको बुझिएको छ ।

यसको लागि उनले आजैमात्रै विभिन्न बजार अनुगमन समितिहरुको प्रतिनिधिमण्डलसँग परामर्श गर्ने भएका छन् ।
हुन त मन्त्री यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी बनाउन सामूहिक सहकार्य हुनुपर्ने कुरा मन्त्रालयमा पदभार सम्हालेलगत्तै बोलेका थिए ।
सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याएका थिए ।

उनले त्यतिवेला भनेका थिए,‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु।’

उता गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले भने,’लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश जहाँ भए पनि पक्राउ पर्ने गरी काम गर्नुहोस् । राजनीतिक संरक्षण भए पनि तिनलाई नछाड्नुहोस्।’ उनले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिए।

लागुऔषधका कारण पारिवारिक सम्बन्ध बिग्रिरहेको तथा समाजलाई समेत दूषित बनाइरहेको उनको भनाइ छ। कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा करिब दुई लाख कडा लागुऔषधका प्रयोगकर्ता रहेको तथा बर्षेनी ११ प्रतिशतका दरले त्यसमा वृद्धि भइरहेको तथ्यांक प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस
मीनबहादुरलाई धन्यवाद भनौं, दानको जग्गा फिर्ता गरौं : एमाले नेता

    व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा

भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए

  तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस