ओलीले ठाकुरलाई उप-राष्ट्रपति किस्तीमा राखेर दिने भए पछी फोन गरेर देउवाले यसरी भाड्न खोजे



राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि आग्रह गरेका छन् ।
काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीको राष्ट्रपति उम्मेदवार लक्ष्मी राईलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

सोही क्रममा उनले हिजो (विहिवार) राष्ट्रिय जनता पार्टी नेपालका संयोजक ठाकुरलाई फोन गरि आफ्नो दलको राष्ट्रपति उम्मेदवार राईलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिका लागि अफर गरेको २४ घण्टा नवित्दै देउवाले ठाकुरलाई फोन गरेका हुन् ।
विगतमा दुई दलको बीचमा भएको सहकार्यलाई निरन्तरता दिन देउवाले गरेको आग्रह संयोजक ठाकुरले बताएका छन् ।
राजपा स्रोतका अनुसार फोनमा ठाकुरले देउवालाई भनेका छन्, ‘दुई नम्बर प्रदेशमा तपाईंहरुले नै सहकार्य तोड्नु भएको छ । अनि अब पुनः कसरी सहकार्य हुन्छ । यस विषयमा पार्टीमा छलफल नगरि केही भन्न सकिदैन ।’

फोनमा देउवाले दुई नम्बर प्रदेशमा सहकार्य नटुटेको बताएका थिए । संसदका लागि बलियो प्रतिपक्ष चाहिन्छ भनेर प्रतिपक्षमा बसेको देउवाले प्रतिकृया दिएको स्रोतको भनाई छ ।

प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार बनेको छ ।
सो सरकारलाई बामगठबन्धनले सघाएको छ ।

विश्वासको मत लिने क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँगभन्दा पहिले एमाले र माओवादी केन्द्रका नेताहरुसँग जनकपुरमा छलफल गरेका थिए ।
हुन त त्यसअघि नै विश्वासको मत दिनका लागि मुख्यमन्त्री लालबाबु राउतले काँग्रेसलाई पत्र पठाएको थियो ।
पत्र पठाएपनि छलफल नभएपछि काँग्रेस प्रतिपक्षमा बसेको थियो ।
राजपा नेपालले एमालेका राष्ट्रपति विद्यादेवी भण्डारीलाई सघाउने निर्णय गरिसकेको छ ।

बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् ।
उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।
स्रोतका अनुुसार फागुन २३ गते प्रधानमन्त्री ओली र संयोजक ठाकुरबीच भएको वार्तामा प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएको हो ।

प्रधानमन्त्रीको प्रस्तावमा ठाकुरले आफु सकरात्मक रहेको र यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

पार्टीका नेता जिल्ला बाहिर भएकाले ठाकुरले छलफल गर्न भ्याएका छैनन् ।

राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झाले सविधान संशोधनलगायत अन्य पदको विषयमा छलफल भइरहेपनि हालसम्म कुनै टुगों नलागेको बताए ।

‘उपराष्ट्रपति र तीनवटा मन्त्रालय हाम्रो पार्टीले माग गरेको छ । तर, कुरा मिलेको छैन’ उनले भने, कुराकानी भइरहेको छ, उपराष्ट्रपति दिने फाइनल भयो भने कसलाई दिने विषयमा पार्टीले टुगों लगाइनेछ ।’

राजपाका अर्का एक नेताले प्रधानमन्त्रीको प्रस्ताववारे ठाकुरले पार्टीभित्र अनौपचारिक छलफल गरिरहेको बताए ।
प्रधानमन्त्री ओली ठाकुरलाई नै उपराष्ट्रपति बनाउन चाहेका छन् ।

राजपा नेपालमा अन्य नेताहरु पनि ‘ठाकुर नै उपराष्ट्रपति बनिदिए हुन्थ्यो’ भन्ने छ ।
अब महन्थ ठाकुरसँग कुनै विकल्प छैन’ राजपा नेपालका एक नेताले भने, ‘महन्थजी मन्त्री बन्नुहुन्न । उहाँलाई चाहिएको प्रधानमन्त्री, राष्ट्रपति र सभामुख हो । तर, यी मध्ये अब राजपाको भागमा आउने कुनै बाँकी रहेन । त्यसैले उहाँ उपराष्ट्रपति नै बन्नुहुन्छ ।’

स्रोतका अनुसार ठाकुरले पनि आफु निकटकासँग उपराष्ट्रपति बन्ने इच्छा देखाएका छन् । यसअघि पनि उनले उपराष्ट्रपतिका लागि प्रयास गरेका थिए । तर, पार्टीभित्रका उनी निकटका नेताहरुले रोकेपछि पछाडि हटेका थिए ।

राजपा नेपालले एमाले र माओवादी केन्द्रसँग वातार्मा तीन मन्त्रालय र उपराष्ट्रपति माग गरेको थियो । सत्तारुढ दल दुईटा मन्त्रालय र उपराष्ट्रपति दिन सहमत भएका छन् ।

सविधान संशोधनका विषयमा एमाले र माओवादी केन्द्रले सैद्धान्तिक सहमति जनाइसकेको छ ।
सहमतिको मस्यौदा तयार गर्न कार्यदल बनाउने कुराकानी तयारी भएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको