२१ वटा मन्त्रालय बनाउने ओलीको यस्तो छ तयारी,चैत ५ गते फोरम र राजपा सहितका मन्त्रीले सपथ खाने



प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र फोरम नेपाल सरकारमा सहभागी हुने भएकोले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् ।यसअघि ओलील जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेका थिए । तर, राजपा र फोरम आउने भएपछि उनी आफ्नै निर्णयमा पूर्नविचार गर्न बाध्य भएका छन् । स्रोतका अनुसार १८ बाट बढाएर २१ पुर्याउने तयारीमा छन् । राजपा र फोरमलाई उनले २ २ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।

फोरम नेपालले त सरकारमा जानेबारे यसअघि नै निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलका नेताहरुले नै स्पष्ट पार्दै आाएका छन् । अब फोरमसँगै राजपा पनि सरकारमा जाने पक्का भएको छ।

राजपा र फोरम दुवै सरकारमा जाने भएसँगै मालदार मन्त्रालय लिनेबारे उनीहरुबीच अहिले ठूलै होडबाजी छ । आ–आफ्नो कार्यदलमा बसेर गृहकार्य भैरहेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी चैत्र २ वा ५ गतेभित्रै मन्त्रिमण्डल विस्तार गर्नेछन् । चैत्र २ गतेसम्म सबै पदको निर्वाचन सम्पन्न भैसक्ने भएकोले उनले यस्तो तयारी गरेका हुन् । एमाले, माओवादी, फोरम र राजपा मिलेर सरकार बन्दा दुई तिहाई भन्दा बढिको सरकार बन्नेछ ।

प्रधानमन्त्री केपी शर्मा अाेली मधेसवादी दललाइ सरकारमा ल्याउन प्रयसारत छन्। संघीय समाजवादी फाेरम सरकारमा जाने निश्चित भएसँगै उनी राष्ट्रिय जनता पार्टीका नेताहरूलाइ सरकारमा अाउन अाग्रह गरिरहेका छन्।

बुधबार राजपा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री केपी ओलीले लिखित सहमतिबिना सरकार प्रवेश गर्न अाग्रह गरेकाे पार्टी नेताहरुलाई ब्रिफिङ गरे।

राजपा स्रोतकाअनुसार बुधबार विहान प्रधानमन्त्री ओलीले र ठाकुरबीच टेलिफोन वार्ता भएकाे थियाे। प्रधानमन्त्रीले राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न अाग्रह गरेकाे ठाकुरले तल्लाे तहका नेताहरूलाइ जानकारी गराए। ‘विद्या भण्डारीलाइ मतदान गर्नुहाेस् र अरू कुरा छाेडेर सरकारमा अाउनुहाेस्’, अाेलीकाे भनाइ उदृत गर्दै ठाकुरले नेताहरूलाइ ब्रिफिंग गरे। सरकारमा बाेलाउने अाेलीकाे प्रस्तावमा के निर्णय गर्ने भनेर पनि नेताहरूलाइ प्रश्न गरेका थिए।

यही सन्दर्भमा शुक्रबार बिहान फेरि अाेली-ठाकुरबीच टेलिफाेन सम्वाद भएकाे छ। ‘आज विहान प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच टेलिफोल वार्ता भएको छ। साे वार्ताबारे ३ बजे बस्ने पार्टीकाे बैठकमा उहाँले जानकारी गराउँदै हुनुहुन्छ’, राजपा स्रोतले भन्याे। शुक्रबार ३ बजेका लागि राजपा पार्टी कार्यालयमा पार्टी बैठक बाेलाइएकाे छ।

आइतबार संसदमा भेट हुँदा पनि अाेलीले ठाकुरलाइ सरकारमा अाउन अाग्रह गरेका थिए। त्यसपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सोमबार राजपा अध्यक्ष मण्डलका नेताहरूबीच छलफल भएकाे थियाे। बैठकमा संविधान संशाेधनका विषयमा कुरा मिले सरकामा जान सकिने नेताहरूले बताएका थिए।

‘संविधान संशोधनमा कुरा मिलेपछि सरकारमा जान तयार छाैं। सबै कुरा एकैपटक नभए क्रमैसँग हाम्रा मुद्धा सम्वोधन गरे पनि हुन्छ’, राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले भने।

अाज शुक्रबार बस्ने भनिएकाे बैठकमा राजपाले सरकारमा जानको लागि आधार तय गर्न सक्ने सम्भावना छ। प्रधानमन्त्री ओलीको प्रस्तावमा राजपाका सबै नेता एकमत छैनन्। असहमत नेताहरूले ओलीले माग पूरा गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे मात्र सरकारमा जान सकिने बताउँदै अाएका छन्। तर ओलीले राजपालाइ बिनासर्त सरकारमा अाउन अाग्रह गरिरहेका हुन्।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको