डाक्टरले देब्रे खुट्टा र दाहिने चिन्न छोडे भन्दै ओलीले भने भ्रष्ट्राचार गर्नेको अब म आफै अप्रेशन गर्छु



प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै डाक्टरलाई कटाक्ष गरेका छन्। शुक्रबार वीर अस्पतालको नयाँ भवन शिलान्यास गर्न पुगेका उनले व्यंग्य गर्दै भने, ‘डाक्टरले दायाँ र बायाँ घुँडा चिनेन भने के हुन्छ?’

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा सिधै कामसँग जोडिने भएकाले यसको गुणस्तरमा ध्यान दिन आग्रह गरे। एउटा ट्याबलेट मात्रै गलत पर्दा पनि ज्यान तलमाथि पर्ने क्षेत्र भएकाले संवेदनशील भएर काम गर्न उनले चिकित्सा क्षेत्रसँग सम्बन्धितलाई अनुरोध गरे। प्रधानमन्त्री ओलीले भने, ‘दुःखेको दाँत छाडेर सद्दे निकाल्ने, बिरामी खुट्टा नचिनेर सद्देको उपचार गर्ने र एउटा बिरामीको उपचार गर्नुपर्नेमा अर्कैको उपचार गर्ने भइरहेको छ। उपचारका क्रममा डाक्टर जिम्मेवार हुनुपर्‍यो।’

निजीको ठोकिन थाल्यो भित्तामा नाक
यसअघि नेपालका सरकारी अस्पतालभन्दा निजीको उपचार सेवा राम्रो भएको सुनिएको उनले भनाइ थियो। निजी अस्पतालको सेवाको गुणस्तर झन् खस्किँदै गएको तर्फ संकेत गर्दै उनले भने, ‘सरकारीभन्दा निजी अस्पतालको सेवा राम्रो छ भन्ने पहिले सुनिन्थ्यो। अहिले त्यो अवस्था पनि छैन। निजी अस्पतालकै नाक भित्तामा ठोकिएको ठोकियै छ।’

देशलाई मेडिकल हब बनाउन सकिने भन्दै उनले उपचार सेवालाई प्रभावकारी बनाउन डाक्टरसँग आग्रह गरे। उपचार सेवा गुणस्तरीय भए मात्रै विदेशीहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो।

त्यसै नछाड्ने संकेत
पछिल्लो समय उपचारमा चिकित्सकीय लापरबाही बढेको कुरालाई दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले गल्ती गर्ने डाक्टरलाई उन्मुक्ति दिन नसकिने बताए।मन्तव्यका क्रममा उनले उपचारमा भएको उक्त गल्तीले देशकै बदनाम भएको भन्दै चिकित्सा क्षेत्र गैरजिम्मेवार हुन नपाउने बताए। उनले भने, ‘यी घटनाले देशकै बदनाम भइरहेको छ। यस्ता प्रकारको लापरबाही हुनु हुँदैन।’

‘म भ्रष्ट्राचार गर्दिनँ, कसैले गरे सहन्नँ’
वीर अस्पतालको नयाँ भवन समयमै बनिसक्नेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताए। एउटै पुल ११ पल्ट शिलान्यास भएको उदाहरण दिँदै उनले अस्पताल भवन निर्माणमा ढिलाइ नगर्न ठेकेदारलाई सचेत पनि गराए। उनले भने, ‘आज शिलान्यास गरिएको यो भवन २०७७ सालभित्र उद्घाटन हुनुपर्छ। यदि समयमा काम सकिएन भने म्याद कुनै पनि हालतमा थपिन्नँ। लटरपटर गर्न पाइँदैन।’

भवन निर्माणमा हुने ढिलाइले विकासमा बाधा पुग्ने बताउँदै त्यसलाई सहन नसकिने उनले बताए। ‘म भ्रष्टाचार गर्दिनँ, कसैले गर्‍यो भने छाड्दिनँ,’ ओलीले भने।

पद ओगटेर बस्ने तर काम नगर्ने सरकारी निकायका उच्च पदस्थ कर्मचारीलाई त्यसो नगर्ग आग्रह गरे। यदि काम गर्न मन नलागे वा थकाइ लागे छाडिदिन उनले सुझाए, ‘थकाइ लागेको दिन म पद छाडिदिन्छु। तपाईंहरुलाई पनि थकाइ लाग्यो भने पद छाडिदिनुहोस्। तर, काम हुनुपर्छ।’ आफ्नो यो कार्यकाल विकासका लागि भएको बताउँदै उनले सबै क्षेत्रबाट साथ दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको