पाँच वर्षको विकासे क्यालेन्डर बनाएरै नेपालको कायाकल्प गर्ने यस्तो योजना सुनाए ओलीले



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षमा असाधारण विकास गर्ने दाबी गरेका छन्।

अबको समय देश विकास गर्ने भएको भन्दै प्रधानमन्त्री ओलीले पाँच वर्षमा सरकारले क्यालेन्डर बनाएरै काम गर्ने बताए। विकासका आयोजना शिलान्यासमात्र हुने प्रवृतिको अन्त्य गर्ने बताउँदै भ्रष्टाचार विरुद्धमा पनि निर्मम भएर लाग्‍ने उनले बताए।

देशमा कसैले पनि भोकै मर्ने अवस्था नआउने भन्दै ओलीले भने,’दियर विल वी नो बेगर इन नेपाल’। सरकारले सबैको जिम्मा लिन्छ। ओलीले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना पूर्ण इफोर्ट लगाउले बताए।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा ओलीले अबको ५ वर्ष विकास आधा शताब्दीमा हुने काम गर्ने दाबी गरे।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

यादवले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछोड्ने बताए। ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन्, कर्मचारी असुली गर्न जान्छन्, तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् अब यस्ता धन्दा चल्दैनन्,’ यादवले भने।

पाँच वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन। घुस खानेको त के–के हुन्छ, हेर्दै जानुस्।’

फागुन २४ देखि २८ गते सम्म चल्ने सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल भारत, चिन र बंगलादेशका ३ सय भन्दा बढी कम्पनीहरुको स्टल रहने छ। मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, उर्जा, भवन निर्माण सम्बन्धी, सवारीसाधन लगायतका विभिन्न स्टलहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...