सुश्री सम्पत्ती’मा हट प्रियंका



नायिका प्रियंका कार्कीको चलचित्र ‘सुश्री सम्पत्ती’मा कस्तो भूमिका होला भन्ने कौतहुलता चलचित्रको घोषणा कार्यक्रमदेखि नै भैरहेको छ । निर्माणपक्षले चलचित्रमा प्रियंका विशेष भूमिकामा रहेको बताएको थियो ।तर, चलचित्रको एक गीतको छायांकनसँगै प्रियंकाको भूमिका खुलेको छ । चलचित्रमा उनको एउटा आइटम गीत र केहि दृश्य भएको वुझिएको छ । पोखराको एक डिस्कोमा चलचित्रमा समावेश ‘झुम्की’ बोलको आइटम गीतको छायांकन गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा मिना निरौला र राजन इशानको स्वर छ ।सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिने बताइएको छ । चलचित्रमा सलोन बस्नेत, प्रमोद अग्रहरि, राजाराम पौडेल, सारा लगायतका कलाकारको अभिनय छ । रमेश त्वयनाले यो चलचित्रको निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका