देउवालाई सर्बोच्चले यसरी खुवायो लोप्पा,ओलीको निर्णय सदर,राष्ट्रियसभामा मनोनित ३ सांसदलाई सपथको बाटो खुल्यो



सर्वोच्च अदालतले राष्ट्रियसभामा सरकारबाट मनोनित ३ सांसदलाई सपथ लिन बाटो खुला गरिदिएको छ। सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिरडारी र डा विमला पौडेललाई सपथ ग्रहणका लागि बाधा नपर्ने गरी आदेश दिएको हो।

यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनु भनी फागुन १३ मा जारी भएको अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनुनपर्ने आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलासतर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नू।’

सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसमामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीन सदस्यलाई नमोनित नगरी केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यलाई मनोनित गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो।

यता उद्योगी तथा प्रतिनिधि सभाका सांसद विनोद चौधरी विश्वको धनाड्य सूचीमा १ हजार ५ सय ६१औँ स्थानमा परेका छन्। अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको वर्ष २०१८ का धनाड्यहरुको सूचीमा पर्ने उनी नेपालका एक मात्र खर्बपति हुन्।

उनको सम्पत्ति हाल १ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको फोर्ब्सले जनाएको छ। उक्त सूची अनुसार यस वर्ष पनि उनको स्थानक्रम र सम्पत्ति दुवैमा वृद्धि भएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा हाल उनको सम्पत्ति २२ करोड अमेरिकी डलरले बढेको हो।

गत वर्षको तथ्यांक अनुसार १ हजार ५ सय ६७औँ स्थानमा रहेका चौधरी वर्ष २०१७ को मार्चदेखि हालसम्म आफूलाई ६ स्थान माथि पुर्याउन सफल भएका छन्।

वर्ष २०१६ को मार्चदेखि २०१७ को मार्चसम्म उनको सम्पत्ति १ अर्ब ३० करोड डलर मात्र थियो।
६२ वर्षीय चौधरीले विविध स्रोतबाट सम्पत्ती आर्जन गरेको फोब्र्सले उल्लेख गरेको छ।

चौधरी गु्रप (सिजी) लाई नेपालमा मात्र नभई अन्य देशमा समेत विस्तार गर्न उनको नेतृत्व सफल भएको छ। चौधरी गु्रपको व्यवसाय प्रवद्र्धनमा उनलाई ३ छोराहरु निर्वाण, राहुल र वरुणले सघाउँदै आएका छन्।

४३ वर्ष पहिले टेक्सटाइल उद्योगमार्फत व्यापारमा प्रवेश गरेका चौधरीले आफ्नो लगानीलाई खाद्यान्न, विद्युतीय सामग्री, बियर, होटल तथा औद्योगिक पार्कलगायतमा विस्तार गरेका छन्।

नेपाल राष्ट्र बैंकको ‘क’ वर्गमा सूचीकृत नबिल बैंकमा उनको आधा हिस्सेदारी छ।
विश्वभर चर्चित रहेको वाइवाइ चाउचाउ सिजीको प्रमुख खाद्य उत्पादन हो। नेपालसहित भारत, सर्बिया, साउदी अरेयिबा र बंगलादेशमा पनि उत्पादन हुने वाइवाईलाई विश्वभर उच्च गुणस्तरीय चाउचाउका रुपमा लिने गरिन्छ। नेपाल, भारत र बंगलादेशको चाउचाउ बजारमा वाइवाईले ठूलो हिस्सा ओगटेको छ।

हालसम्म साना–ठूला गरी २९ वटा होटल खोलेको चौधरी ग्रुपको ७० भन्दा बढी होटल तथा रिसोर्टहरुमा हिस्सेदारी छ। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरुमा लगानी वृद्धि गरेको सिजीले काठमाडौंका अलावा चितवनको मेघौलीमा मेघौली सराई होटल सञ्चालनमा ल्याएको छ। उता, पोखरा, नवलपरासी लगायतका स्थानमा समेत होटल तथा रिसोर्टहरु खुल्ने क्रममा छन्।

विनोद चौधरीले भारतको प्रसिद्ध ताज होटलको ग्रुपसँग पनि साझेदारीमा लगानी गरेका छन्। उनले एसियाली र अफ्रिकी विभिन्न मुलुकमा समेत होटल व्यवसाय विस्तार गरेका छन्।

उनी पहिलो पटक सन् २०१३ मा फोब्र्सको अर्बपतिको सूचीमा परेका थिए। सन् २०१६ मा उनको कमाइमा ह्रास आएको भए पनि अन्य वर्ष भने कमाइको सुई निरन्तर बढेको ग्राफले देखाएको छ।

नेपाली राजनीतिमा यो वर्ष चौधरी खुलेर सक्रिय बने। फलस्वरुप संघीय शासन व्यवस्थामा गइसकेपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसद चयन भए।

चौधरीका बुवा लुनकरनदास चौधरी नेपालमा पहिलो पटक सुपरमार्केट सुरु गर्ने व्यवसायी हुन्। बुवाले सुरु गरेको व्यवसायमा सहयोग गर्न थालेपछि उनले १८ वर्षको उमेरमा नै आफ्नो पढाइ छाडेका थिए। त्यसपछि उनी लगातार व्यापार–व्यवसायमै व्यस्त छन्।

 

 

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको