राम्रा युवतीलाई नायिका बनाउने बहानामा बलात्कार गर्ने अमन यसरी जाकीए प्रहरी खोरमा,यस्तो पाइयो चर्तिकला



किशोरीलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको आरोपमा एक फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङले आफू कलाकार भएको र धेरै निर्देशकसँग चिनेको विश्वासमा पारी किशोरीलाई नायिका बनाउने प्रलोभन दिएका थिए। फिल्मका लागि कुरा गर्न भन्दै होटलमा बोलाएर उनले किशोरीमाथि यौनशोषण गरेका हुन्।

फरार रहेका तामाङविरुद्ध किशोरीको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनी पेसाले फोटोग्राफर भएको गौशाला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए। सुरुमा उनले किशोरीलाई नयाँ बसपार्कको होटलमा बोलाएर बलात्कार गरेका थिए। पछि गौशालाको होटलमा बोलाएर नायिका बनाइदिने भन्दै सम्बन्ध राखेका थिए। त्यसपछि फरार उनी पक्राउ परेका हुन्।

तामाङसँग युवतीको फेसबुकमार्फत चिनजान भएको थियो। फेसबुक च्याटमा तामाङले आफू कलाकार भएको भन्दै भ्रममा पारेका थिए। उनी सामान्य कार्यक्रम तथा बिहेहरुमा फोटो खिच्ने काम गर्दै आएका थिए।

मोबाइल स्वीच अफ गरेर फरार रहेका तामाङलाई प्रहरीले १८ गते पक्राउ गरेको हो। जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।

उता आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा रामेछापमा एक व्यक्ति पक्राउ परेका छन्।

उमाकुण्ड गाउँपालिका–४ रारागाउँ बस्ने ५३ बर्षीय ताराबहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

    सुनुवारले उनकै श्रीमती ४४ बर्षीया सुर्यकला सुनुवारलाई घरायसी बिबादमा काठको पिर्काले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएको थियो। पक्राउ परेपछि आफुले गल्ती गरेको भन्दै उनी पछुताएका छन्।

त्यस्तै बुधबार मोरङ र गोरखामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

    मोरङको सुन्दरहरैचा नगरपालिका–९ सलकपुरस्थित पूर्व–पश्चिम राजमार्गमा को.२८ प २१९२ नम्बरको मोटरसाइकलले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका–१२ बस्ने ५३ बर्षीय टेकबहादुर परियारको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    गोरखाको गोरखा नगरपालिका–९ बिरिनचोकस्थित गोरखा–आँबुखैरेनी सडक खण्डमा बा.३ ख ४६५८ नम्बरको माइक्रोबस बुधबार सडकमा पल्टेर दुर्घटना हुँदा तनहुँ आँबुखैरेनी–१ बस्ने १६ बर्षीया श्रद्धा गौली सहित २० जना घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल गोरखा लैजाने क्रममा श्रद्धा गौलीको बाटोमै मृत्यु भएको छ । घाइतेहरुमध्ये ६ जनालाई एम्बुलेन्सद्धारा बिएण्डबि अस्पताल काठमाडौँमा पठाइएको  र  माइक्रोबस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा

    भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिँदै

    राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिने भएका छन्

एमाले संसदीय दलको बैठकमा सुहाङ

    इलाम २ मा भएको उपनिर्वाचनबाट निर्वाचिन एमाले सांसद सुहाङ नेम्वाङ पहिलो

१० सीट भएको पार्टीले के प्रधानमन्त्रीको कुरा गर्नु : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार