झलनाथलाई राष्ट्रपतिमा ब्रेक लगाए पछी उनका भाईले इलामबाट पोखे यस्तो दुखेसो,‘अल राउन्डर’बन्दै खनाल



हाम्रो इकोनोमि

केही समयअघि गृह जिल्ला इलाम जानेक्रममा पत्रकारसँगको अनौपचारिक संवादमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए।

त्यही बेला उनले औपचारिक पत्रकार सम्मेलनमा भनेका थिए, ‘राष्ट्रपति हुनु एउटा राजनीतिक व्यक्तिका लागि ठूलै कुरा हो। तर म कसैलाई ढोगेर राष्ट्रपति हुन्न।’

उनको राष्ट्रपति बन्ने इच्छा अब करिब पाँच बर्षका लागि पूर्णविराम लाग्यो। नेकपा एमालेको गएरातिको स्थायी कमिटिको बैठक बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेपछि खनालको राजनीतिक भविष्य के हुन्छ भन्ने प्रश्न इलामबासी सर्वसाधारणको मनमा उब्जिन थालेको छ।

नेकपा एमालेभित्र उनले ‘अलग धार’को राजनीतिक गर्दै आएका थिए। कसैले त्यस्लाई ‘झलनाथ गुट’को संज्ञा समेत दिने गरेका छन्। तर इलामले पाउन लागेको राष्ट्रपति पद गुमेकोमा चिन्ता इलामबासीमा छ। तर त्यस बारे खुलेर कोही बोल्न चाहँदैनन्। तर यति चाहिँ भन्छन्, ‘झलनाथ खनाललाई गुटगत राजनीतिले राष्ट्रपति बन्न दिएन।’

इलामको चुलाचुली गाविसका पूर्व अध्यक्षसमेत रहेका एमाले नेता ओमनारायण खनाल झलनाथ खनाललाई अब पाँच बर्ष पार्टीका नेता र सांसदमा सीमित रहनुपर्ने बाध्यता रहेको बताउँछन्। राष्ट्रपति दिएको भए खनाललाई सम्मान हुने उनले प्रतिक्रिया दिए। उनले भने, ‘राष्ट्रपति दिएको भए के बिग्रिन्थ्यो? प्रधानमन्त्री भइसकेको मान्छे मन्त्री हुने कुरा भएन। प्रधानमन्त्रीको सम्भावना छैन। अब सांसद र पार्टीका नेतामा सीमित हुनुपर्‍यो।’

कतिपय स्थानीय नेताहरुले खनाल पार्टीको अभिभावक भएर रहनुपर्ने बताएका छन्। इलामका एकजना प्रदेश सभा सदस्य काजिमान कागतेले खनाल ‘अल राउन्डर’ हुने बताए। उनले भने, ‘राष्ट्रपति नभए त के भो र, उहाँ अल राउन्डर भएर पार्टीमा बस्नुहुन्छ।’ तर अल राउन्डरको हैसियत के हुन्छ भन्ने प्रश्नको उत्तर कसैसँग छैन।

खनालका परिवारका सदस्यहरुले उनको सक्रिय राजनीतिको आवश्यक्ता अझै रहेको बताएका छन्। राष्ट्रपति हुने सम्भावना प्रवल बन्दै जाँदा एकाएक निर्णय फेरिँदा उनीहरुलाई खिन्नता भएको छ। खनालका भाइ पोटनाथले उनका दाजुको सक्रिय राजनीति अझै जरुरी रहेको बताए। तर उनको एउटै गुनासो छ, ‘गुटको राजनीतिले दाजुलाई राष्ट्रपति हुन दिएन।’उनले देशभरका कार्यकर्तालाई लिएर हिँड्नको विकल्प आफ्ना दाजुको नरहेको बताए। उनले भने, ‘हाबी गुटलाई चिर्न दाजुले अब देशभरका कार्यकर्तालाई एक ठाउँमा ल्याउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...