बिद्यालाई फोरम र राजपाले पनि समर्थन गर्ने,एक्लिएको कांग्रेसलाई राष्ट्रपतिले हानिन् यस्तो डरलाग्दो क्षेप्यास्त्र



संघीय समाजवादी फोरमले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई समर्थन गर्ने बताएको छ। वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएकी भण्डारीलाई मधेसकेन्द्रित दल फोरमको समेत भोट प्राप्त हुने पक्का भएको छ।

फोरम अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनमा सरकार समर्थित उम्मेदवारलाई समर्थन गर्ने बताए। ‘संविधान संशोधन र नयाँ सरकारको विषयमा हामी सत्तापक्षसंग नजिक छौं,’ उनले भने, ‘त्यसकारण समेत राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्नेछौं।’

फोरमको समर्थनसँगै राष्ट्रपति निर्वाचनमा भण्डारीलाई दुई तिहाइभन्दा बढी मत प्राप्त हुने देखिएको छ।
सत्ताको नेतृत्वकर्ता दल एमाले संविधान संशोधनमा सहमत भएपछि फोरमसमेत नयाँ सरकारमा सहभागी हुने तयारीमा छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताएकी छन्। दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि राष्ट्रपति भण्डारीले यस्तो दावी गरेकी हुन्।

सञ्चारकर्मीहरुले भण्डारीसँग ‘राष्ट्रपतिको भूमिका तटस्थ भएन भन्ने आरोप छ नि?’ भन्ने प्रश्न गरेका थिए। जवाफमा भण्डारीले भनिन्, ‘यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ। यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु।’

देशको हितलाई सर्वोपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुरुप आफूले काम गरेको बताउँदै भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो कामको राम्रो मूल्यांकन हुने अपेक्षा गरिन्।

उम्मेदवारी दिएपछि आफूलेसबैजसो राजनीतिक दलबाट समर्थन पाएको बताउँदै राष्ट्रपति भण्डारीले निर्वाचनमण्डलबाट सहयोगको अपेक्षा समेत व्यक्त गरिन्। राजनीतिक दल, सांसद र सञ्चार क्षेत्रबाट हालसम्म पुर्‍याइएको समर्थन तथा भोलिका दिनको सहयोगका लागि आभार र कृतज्ञता प्रकट समेत गरिन्।

भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको एमालेका नेता सुवास नेम्वाङले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिका रुपमा छोटो कार्यकालमा राष्ट्रपति भण्डारीबाट निर्वाह भएको भूमिकालाई ध्यानमा राखेर पार्टीले दोस्रो कार्यकालका लागि उहाँलाई नै उम्मेदवार छनोट गरेको प्रतिक्रिया दिएका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई आफूले सम्मानकै रुपमा ग्रहण गरेको नेम्वाङले बताए।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको