राष्ट्रपतिका दुवै उम्मेदवार भोजपुरका,को हुन् बिद्या संग भिड्ने लक्ष्मी



राष्ट्रपतिका लागि नेपाली कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस केन्द्रीय पदाधिकारीहरुबीच राईको नाममा सहमति जुटेको हो। केहीबेरमै बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय गर्ने एक केन्द्रीय सदस्यले बताए।

वाम गठबन्धनको एमालेले विद्यादेवी भण्डारीलाई नै फेरि पनि राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको जित सुनिश्चित भए पनि कांग्रेसले सर्वसम्मति हुन नदिन राईलाई उठाउने भएको हो।
भोजपुरकी राई कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन्। दिवानसिंह २०१५ सालमा बिपी कोइराला नेतृत्वको सरकारमा सहायक मन्त्री थिए। पछि पञ्चायत कालमा राईको हत्या गरिएको थियो।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि तोकिएको मनोनयनको समय दिउँसो २ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ।

आउँदो फागुन २९ गते हुने निर्वाचनका लागि मतदाताको नामावली भने आयोगले मंगलबार सार्वजनिक गरेको थियो। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका जम्मा ८ सय ८४ जना मतदाता हुनुपर्नेमा ४ जनाको नाम सूचीमा छैन। राष्ट्रियसभामा मनोनीत अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौड्यालमाथि परेको मुद्दामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण सपथ रोकिएकाले उनीहरु मतदाता हुन पाएनन्। यस्तै मनाङका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) माथि ज्यान मार्ने उद्योगका कारण अदालतले सजाय सुनाएपछि उनको सांसद पद नै निलम्बनमा परेको छ।

भण्डारीलाई दोहोर्‍याउने एमाले निर्णय
यसैबीच, मंगलबार राति अबेर सकिएको एमाले स्थायी कमिटी बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने गरी उम्मेदवारी दर्ता गराउने तयारी गरिएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए। यसअघि भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने वा वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने भन्ने सम्बन्धमा एमालेभित्र मत विभाजन भएको थियो।

राष्ट्रपति भण्डारी २०७२ कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। एमाले र माओवादी केन्द्रको सहमति अनुसार एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति पद पाउनेछन्।

प्रदेशसभा र संघीय संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले विद्यादेवी भण्डारीले नै अबको ५ वर्षे कार्यकालका लागि निरन्तरता पाउने पक्का छ।कांग्रेस र एमालेले उठाएका दुवै उम्मेदवार भोजपुरका हुन्।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको