गृहमन्त्री थापाले झपारे पछी आईजीपी अर्याल यसरी भए कालो निलो,चैत २८ सम्म अर्याललाई यस्तो छ खड्गो



गृहमन्त्री नियुक्त हुनासाथ पहिलो पटक प्रहरी प्रधानकार्यालय पुगेका रामबहादुर थापा बादललाई स्वागत गर्दै गर्दा आईजीपी प्रकाश अर्यालको अनुहार अध्यारो भयो ।
बाम गठबन्धनको सरकार आएपछि आफूलाई असजिलो पर्ने जानकार रहेका आईजीपी अर्याललाई ब्रिफिङको सुरुमै गृहमन्त्री थापाले प्रहरीका हाकिमहरु म्र्यादामा बस्न सुझाएका थिए ।

आफूले धेरै विषय नजाने पनि व्यक्तिगत रिसइबी राखेर कोही कसैप्रति प्रर्वाग्रह राख्ने नेतृत्व तहले काम गर्न नहुने भन्दै अर्याललाई लक्षित गरेर मर्यादामा बस्न थापाको निर्देशन पछि अर्यालको अनुहारको चमक हरायो ।

प्रहरी नेतृत्वको प्रतिशोधपूर्ण व्यवहारबाट जानकार रहेका गृहमन्त्री थापाले त्यसो भन्दै गर्दा आईजीपी अर्यालको साइडमा रहेका अन्य अधिकृत भने मुसुमुसु हाँसे ।

आईजीपी अर्यालसँग असन्तुष्ट देखिएका गृहमन्त्री थापाले विगतका सहयात्री विप्लव माओवादीलाई अराजनीतिक चरित्र बोकेको समूहको रुपमा चित्रण गर्न भ्याए । विप्लव माओवादीको नाम नलिई अहिले राजनीतिका नामा जे गतिविधि भएका छन् ।

ती सबै अराजनीतिक भएका त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष योजना बनाउन निर्देशन दिँदै सो निर्देशन नमान्ने हो भने प्रहरी संगठनका अधिकारीले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनी सम्म दिए । उनी मन्त्री भएको तीन दिनपछि विप्लवको घरमा प्रहरीले पक्राउ पूर्जी टाँस गरेको थियो ।

पक्राउ पुर्जी टाँस गरेकै दिन प्रहरी प्रधानकार्यालय पुगेका गृहमन्त्री थापा विप्लवप्रति मात्र आक्रोशित भएनन् प्रहरी नेतृत्वलाई समेत आफ्नो मर्यादामा बस्न निर्देशन दिए ।

मुलुकको शान्ति सुरक्षालाई असन्तुलित बनाउने, हिंसा चाहने, राजनीतिका नाममा चन्दा असुली गर्ने र विकासप्रति नकारात्मक बन्ने तत्व सक्रिय रहेका छन्, गृहमन्त्री थापाले भने, देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन्, केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट छन्, हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेका छन्, नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसाग मुकाविला गर्न सक्नुपर्छ, त्यसका लागि प्रहरी संगठन तयार रहनुपर्छ ।

यदि त्यसो नहुने हो भने नेतृत्वबाट हट्न हटाउनसम्म सकिने भन्न भ्याएका थिए, थापाले । विप्लव माओवादीका तर्फबाट जनसरकार ब्यूँताउने लगायतका कार्यक्रमहरु अघि सारेको थियो भने आइतबार विद्यार्थी संगठनको नाममा शैक्षिक हड्ताल गरिएको थियो ।

जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको छ । विप्लवको घर रुपन्देशीको शिवराज नगरपालिकामा पर्छ ।

सरकारले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकारले चोरलाई चौतारी, साधुलाई सुली गर्ने हो भ ने जनअदालतमा रहेका मुद्दाहरु ब्यूताउँने र ओली र प्रचण्डकै घरमा वारेन्ट पुर्जी टाँस्ने प्रतिक्रिया दिएका थिए ।

गृहमन्त्रीले सो विषयमा प्रहरीको सुचना स्रोत निकै कमजोर रहेको भन्दै घुमाउरो पाराले अहिलेको नेतृत्व असफल भएको संकेत गरेका थिए । त्यसपछि गृहमन्त्री थापाले प्रहरी प्रधानकार्यालयमा प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै मुलुकको शान्ति सुरक्षा गर्ने जिम्मेवारी्र प्रहरीको भएको बताए ।

विप्लव माओवादीलाई लक्षित गर्दै गृहमन्त्री थापाले उनीहरु कस्ता अपराधी हुन् भन्नेबारे सोचेर सरकारले कदम चाल्ने बताउँदै त्यसैअनुसार तयार रहन प्रहरीलाई निर्देशन दिएका थिए । तिनीहरु राजनीतिक शक्ति हुन् या होइनन् भन्ने चिनेर कदम चाल्नुपर्छ, थापाले भनेका थिए ।

प्रहरी अन्धाधुन्द चलेको आभाष हुन्छ भन्दै संगठन प्रमुखप्रति असन्तुष्टि राखेका गृहमन्त्री थापाले प्रहरी संगठन कसैको आग्रह पूर्वाग्रहमा चल्ने संगठन होइन भन्दै मर्यादामा बस्नुपनि निर्देशन दिएका थिए । उनले सरुवा बढुवामा धेरै चलखेल नगर्न र कानुनअनुसार सरुवा बढुवा हुने बताउँदै नेताहरुको घरमा नधाउन पनि निर्देशन दिए ।

गृहमन्त्री थापाले बिफिङ लिएपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल बिहिबारदेखि पाँच दिन बिदामा बसेका छन् । कर्मचारी प्रशासन एवं मानवस्रोत विभागले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न पर्ने भन्दै उनको बढुवा फाइल उठाएपछि उनी बिदामा बसेको स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री थापाको आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएको कारण त्यस दिनको विदालाई बिहीबार बनाएर सोमबारसम्म बिदा बसे ।

अर्यालनिकट स्रोतका अनुसार चार दिन बिदा र यो बीचमा हुने चार दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा ८ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको छ । एसएसपीको ५५ वर्षे उमेर हदका कारण यही २३ फागुनमा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्नुपर्ने भएपछि उनी बिदामा बसेका हुन् ।

आईजीपी अर्यालसँग २९ चैत ०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम यही २३ फागुनमा ५५ वर्ष पुग्दै छन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष र पदावधि ६ वषे कायम छ । बढुवा भए पनि एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्नुपर्यो ?

कोही कसैलाई पूर्वडिआईजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ? आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डिआईजीले भने, अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवा लगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउँदैन ।

गौतम आगामी २३ फागुनभित्र डिआईजीमा बढुवा नभए एसएसपीबाटै स्वतः अवकाश पाउनेछन् भने डिआईजी भएको खण्डमा आगामी २८ चैतमा ३० वर्षे सेवाहदका कारण आईजीपी अर्यालसँगै स्वतः अवकाश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको