ओलीलाई काउन्टर दिन कांग्रेसको छाँया सरकार संगै बाबुरामले पनि बनाउने भए यस्तो छुट्टै बैकल्पिक सरकार



बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले चैत्रभित्र केन्द्रदेखि वडातहसम्म बैकल्पिक सरकार निर्माण गरिसक्ने भएको छ। सम्बन्धित तहका सरकारी क्षेत्रका कामहरुलाई नियमित निगरानी गर्ने गरी सो पार्टीले बैकल्पिक सरकारको निर्माण गर्न लागेको हो।
बैकल्पिक सरकारमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार र विजयी जनप्रतिनिधिहरु हुनेछन्। यस्तो सरकारको निर्माण नयाँशक्तिका सम्बन्धित कमिटीहरुले निर्माण गर्ने बताइएको छ।

९–१२ फागुनमा लुम्बिनीमा भएको संघीय परिषद्को चौथो विस्तारित बैठकले केन्द्रदेखि वडासम्म ‘बैकल्पिक सरकार’ गठन गर्ने नीति पारित गरेकोे थियो। बैकल्पिक सरकारको संरचना सबै तहका कार्यकारी समितिहरुले आआफ्नो तहमा चैत्र महिनाभित्र गठन गरिसक्नु योजना त्यो बैठकले पारित गरेको थियो।

बैकल्पिक सरकारहरु निर्माण भएपछि केन्द्रीय कार्यालयको आयोजनामा आगामी बैशाखमा बैकल्पिक सरकारको वडादेखि केन्द्रसम्मका प्रतिनिधिहरुको राष्ट्रिय भेला आयोजना गर्ने र भेलाबाट बैकल्पिक सरकारले गर्नुपर्ने काम, खेल्नुपर्ने भूमिका र कार्यविधिका विषयमा आवस्यक निर्णय लिइने बताइएको छ।

‘बैकल्पिक सरकार’ ले सम्बन्धित तहका सरकारी क्षेत्रका कामहरुलाई नियमित निगरानी गनुका अलावा नयाँशक्तिले विजय हासिल गरेका स्थानीय तह र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रमा नमूना विकास र सम्बृद्धिको गुरुयोजना बनाई कार्यान्वयन गर्ने लुम्बिनीमा सम्पन्न चौंथो विस्तारित बैठकको प्रतिवेदनमा उल्लेख छ।

निर्वाचनमा उम्मेदवार हुने र विजय प्राप्त गर्ने प्रतिनिधिहरुलाई जनताको पक्षमा निरन्तर क्रियाशील गर्नपनि नयाँशक्तिले बैकल्पिक सरकार निर्माण गर्न लागेको हो। यसबाहेक बैकल्पिक राजनीतिक मुद्दाहरु जनताबीच पु¥याउन बैकल्पिक सरकार गठन गरी काम गर्ने लक्ष्यपनि उसले लिएको छ।

पारित राजनीतिक प्रतिवेदनमा बैकल्पिक सरकारको प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि बैकल्पिक सरकारको गठन कार्यविधि तयार गरी लागू गरिने र नयाँशक्तिले विजय हासिल गरेका स्थानीय तह र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रमा नमूना विकास र सम्बृद्धिको गुरुयोजना बनाई कार्यान्वयन गरिनेपनि उल्लेख छ।

यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरुलाई कमजोर बनाएर संघीयता सफल हुन नसक्ने बताएका छन्। मंगलबार बसेको संसद बैठकलाई संवोधन गर्दै यादवले अहिले प्रदेशहरुमा आवश्यक पूर्वाधान, कर्मचारी समेत नपुगेको भन्दै प्रदेशलाई कमजोर पार्न नहुने बताए। उनले भने, ‘प्रदेशहरुलाई कमजाेर बनाएर होइन, साधन-स्रोत सम्पन्न बनाएर मात्र संघीयता सफल हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यादवले नयाँ सरकारका लागि भ्रष्टाचार र कमिसन प्रमुख चुनौती रहेको पनि बताए। संसद बैठकमा फोरम अध्यक्ष यादवले कमिसन र भ्रष्टाचारमा जेलिएको मुलुकले कहिल्यै पनि फड्को मार्न नसक्ने बताए।

‘मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार छ, तलदेखि माथिसम्म, माथिदेखि तलसम्म भ्रष्टचार छ,’ उनले भने, ‘उनैले ठूला-ठूला पुरस्कार पाउँछन्, माथिल्लो तहसम्म पुग्छन्।’

यादवले भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म देशले आर्थिक समृद्धि र विकासमा फड्को मार्न नसक्ने बताए। ‘मुलुकलाई अगाडि बढाउन ब्ल्याक मनीको नियन्त्रण, विधिको शासन स्थापना गर्न आवश्यक छ,’ उनले भने।

यादवले सबैलाई समेटेर अघि बढ्न संविधान संशोधन आवश्यक रहेको बताए। राष्ट्रियताको भावनामा सबैलाई जोड्न संविधान संशोधन आवश्यक रहेको सन्दर्भमा उनले भने, ‘राष्ट्रियताको भावना जनताको हृदयबाट उत्पन्न हुन्छ, यदि हृदय नै टुट्यो भने त्यसलाई सेना, कानुन, संविधान कसैले पनि जोड्न सक्दैन।’

यादवले थपे, ‘अनुहार मिले पनि नमिले पनि, भाषा मिले पनि नमिले पनि, खानपान मिले पनि नमिले पनि मन त नेपाली नै हो।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको