संबिधान संसोधनको यस्तो ड्राफ्टमा ओली र उपेन्द्र आज सम्झौता गर्दै,महतोले ओलीलाई भने-‘दिल बडा बनाइए’



संघीय समाजवादी फोरम नेपालले नयाँ सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।
आज बिहान बसेको पदाधिकारी बैठकले सरकारका प्रतिनिधिसहितको कार्यदलले तयार पारेको संविधान संशोधनको ड्राफ्टमा सहमति जनाउँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो। फोरम उपाध्यक्ष युवराज कार्कीले केपी ओली नेतृत्वको नयाँ सरकार संविधान संशोधनमा तयार देखिएपछि सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिएको बताए।

‘संशोधनमा गम्भीर असहमति जनाउँदै आएको एमाले अन्तिम समयमा आएर संविधान संशोधन गर्न तयार भएको छ,’ उनले भने, ‘सरकारमा सहभागी हुने विषयभन्दा पनि संविधान संशोधन गर्न सरकार तयार देखिनुलाई हामीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छौं।’

यसअघि संविधान संशोधनको ड्राफ्ट तयार गर्न एमाले र फोरमले अनौपचारिक कार्यदल बनाएका थिए। कार्यदलले मधेस आन्दोलनले उठाएका माग आपसी समझदारीका आधारमा संविधान संशोधनमार्फत गर्ने ब्यहोराको ड्राफ्ट तयार गरेको थियो।

फोरमको पदाधिकारी बैठकले समेत पारित गरेको संविधान संशोधनको ड्राफ्टलाई आजै हस्ताक्षर गर्ने तयारी छ। फोरमका एक नेताका अनुसार संविधान संशोधनमा सरकार तयार हुने र नयाँ सरकारमा फोरम सहभागी हुने विषयमा आज औपचारिक हस्ताक्षर हुनेछ।

फोरम सरकारमा सहभागी हुने निश्चित भए पनि मन्त्रालयको भागबण्डाको विषयमा अझै कुरा मिलिसकेको छैन। सरकारले परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिएर नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ। फोरमले परराष्ट्रसहित एक विकासे मन्त्रालयको माग गरको छ। फोरमले संघीय मामिला मन्त्रलायको सट्टा सहरी विकास र खानेपानी मन्त्रालय दिन सरकारसँग आग्रह गर्दै आएको छ।

उता राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मन ठूलो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। संसदमा सम्बोधन गर्दै नेता महतोले जनताले एमालेलाई ठूलो दल बनाएको स्मरण गराउँदै अब मन समेत ठूलो बनाउन आग्रह गरे।

प्रधानमन्त्री अब कुनै पार्टीको, हिमाल-पहाड-तराईको नभई सिंगो देशको भएकाले सबैलाई समेटेर लैजान महतोले प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

उनले संविधान संशोधनको विषयमा अब कुनै सम्झौता नगरी प्रधानमन्त्री ओलीले मनैबाट प्रतिबद्ध भएर प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिएको नेपाल लाइभले उल्लेख गरेको छ ।

भने, ‘यहाँ जति पनि सम्झौता हुन्छन् त्यहाँ सधैं धोका भएको छ। अब सम्झौता नगर्नोस्, संविधान संशोधन गर्नोस्।’ उनले संविधान संशोधनका लागि कुनै समस्या नरहेको पनि बताए।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि राजी हुनुहुन्छ, प्रचण्ड पहिलेदेखि नै संशोधन गरौं भन्ने मान्छे,’ महतोले भने, ‘अब प्रधानमन्त्रीजी तयार हुनुहोस्, कुनै सम्झौता नगरी ठूलो मन बनाएर संशोधन प्रस्ताव ल्याउनोस्।’

संविधान संशोधनमा असहमती राख्दै आएका ओलीलाई लक्षित गर्दै महतोले आपसी झगडा र लडाइँलाई समाप्त गर्न आग्रह गरे।नेपाली, मैथिली र हिन्दी मिसाउँदै सम्बोधन गरेका महतोले भने, ‘जनता ने आपको बडा बनाया, अब दिल बडा बनाइए।’

आफूहरु विवाद बढाउने पक्षमा नरहेको बताउँदै नेता महतोले संविधान संशोधनमा इमान्दारीपूर्वक प्रतिबद्ध हुन प्रधानमन्त्री ओलीलाई बारम्बार आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको