भारतलाई दनक दिने ओलीलाई पाकिस्तानी प्रधानमन्त्रीले भेटे पछी आत्तियो भारत,अब दक्षिण एशियामा यसरी एक्लिदैछ



पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीको दुर्इ दिने नेपाल भ्रमणले भारत सशंकित बनेको छ।

‘प्रो चाइनिज’ लिडरको रूपमा अाफ्नो छवि बनाएका प्रधानमन्त्री केपी शर्मा अोलीले सोमबार पाकिस्तानी प्रधानमन्त्री अब्बासीलार्इ स्वागत गरेको घटनालार्इ भारतीय सञ्चार माध्यमहरूले भारतको चिन्ताको रूपमा समाचार प्रस्तुत गरेका छन्।

अाइतबार पाकिस्तानी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा भ्रमणलार्इ क्षेत्रीय देशहरूसँगको सम्बन्धलार्इ सक्रिय पार्ने कडीको रूपमा उल्लेख गरेसँगै भारतले यसलार्इ नजिकबाट हेरिरहेको छ।

‘दिल्लीले भ्रमणको बारेमा अाधिकारिक प्रतिक्रिया दिइसकेको छैन्, तर पछिल्लो विकास क्रममालार्इ नजिकबाट नियाली रहेकाहरूले भारतीय सरकार भ्रमणलार्इ सावधानीपूर्वक हेरिरहेको बताउँछन्,’ भारतीय पत्रिका ‘मिन्ट’ को अनलार्इ संस्करणमा एलिजावेथ रोशले लेखेकी छन्।

रोशको विश्लेषणमा भ्रमणलार्इ दिल्लीले नजिकबाट हेर्नुका तीन कारण उल्लेख गरेकी छन्। नेपालका प्रधानमन्त्री अोली ‘प्रो-चाइना’ छवि भएका नेता भएको भन्दै भारतका लागि उपर्युक्त नभएको समाचारमा उल्लेख छ।

‘नेपाल भारत विरूद्ध पाकिस्तान-चीनको खेमामा उभिन सक्ने खतरा रहेको छ,’ भारतीय पूर्व विदेशसचिव कंवल सिब्बलको भनाइ उदृत गर्दै समाचारमा भनिएको छ।

त्यस्तै अर्को कारण अब्बासीको भ्रमणले प्रधानमन्त्री अोलीको भारतसँग बार्गेनिङ पावर बढाउन सहयोग पुग्ने उल्लेख छ।

‘अब्बासीको भ्रमणलार्इ देखाएर अोलीले अाँफूसँग अन्य क्षेत्रीय साथीहरू रहेको भन्दै भारतीय दबाबलार्इ रोक्न सक्ने छन्,’ सिब्बललार्इ उदृत गर्दै अगाडि भनिएको छ, ‘अन्य देशसँगको सम्बन्धलार्इ मजबुध बनाउँदै भारतको हस्तक्षेपलार्इ निरूत्साही पार्ने एउटा माध्यम यो भ्रमण हुन सक्छ ।’

त्यस्तै अर्को कारण भनेको पाकिस्तानले सार्क सम्मेलनका लागि नेपाललार्इ अगाडि बढाउन सक्ने उल्लेख छ। पाकिस्तानी प्रधानमन्त्रीको यो भ्रमण सार्क सम्मेलन गराउनका लागि अोलीको समर्थन खोज्न भएको समाचारमा उल्लेख छ।

‘पाकिस्तानलार्इ सार्क सम्मेलन अायोजना गर्नु छ, उसले अोलीको समर्थन खोजिरहेको छ, यदी नेपालले यसमा अावाज उठायो भने पाकिस्तानलार्इ बल पुग्ने छ,’ सिब्बलले अगाडि भनेका छन्, ‘यसअघि सार्कमा चीनलार्इ प्रवेश गराउन पहल भएको थियो, यसअघिको सम्मेलनमा यसलार्इ पछाडि धकेल्न भारत सफल भयो, तर यदी नेपाल र पाकिस्तान चीनलार्इ सार्कमा स्वागत गर्न सहमत भए भने मालदिभ्स जस्ता देशहरू पनि यसको पक्षमा जाने छन्, त्यतिवेला भारतले चीनलार्इ रोक्न सक्छ की सक्दैन भन्ने प्रश्न अाउन सक्छ।’

यता भारतीय पत्रिका पंजाब केसरी, नवभारत टाइम्स, जागरण लगायतले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण भारतका लागि चिन्ताको विषय भएको उल्लेख गरेका छन्।

भारतीय पत्रिका जागरणको अनलाइन संस्करणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको आशंकालाई सही साबित गरेको टिप्पणी गरिएको छ। ‘नेपालले नयाँ सरकार गठनपछि भारतीय प्रधानमन्त्रीभन्दा पहिला पाकिस्तानका प्रधानमन्त्री नेपालको भ्रमणमा गएका छन्,’ समाचारमा अगाडि भनिएको भन्दै पहिलो पोस्ट लेख्छ, ‘भारतलाई चिन्ता पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणभन्दा पनि कहीँ कतै नेपाल चीन र पाकिस्तानको कूटनीतिक चालको हिस्सा बन्ने त होइन भन्ने चिन्ता हो।’

भारत विरोधी छवि भएका ओलीलाई फकाउन भारतले अधिक प्रयास गर्दा पनि उनमा परिवर्तन नदेखिएको समाचारमा उल्लेख छ। ‘यसअघि प्रधानमन्त्री हुँदा भारतविरोधी रवैया बनाएका ओलीलाई यसपालि प्रधानमन्त्री हुँदा भारतले फकाउन धेरै प्रयास गरेको छ, तर पनि उनमा परिवर्तन देखिएको छैन,’ समाचारमा अगाडि भनिएको छ, ‘पाकिस्तान र नेपालको बढ्दो सम्बन्धले भारतलाई दुईथरी चिन्तामा धकेलेको छ, पहिलो चीनको चालस्वरूप नेपालले भारतविरोधी रवैया प्रस्तुत गर्न सक्छ, दोस्रो पाकिस्तानले नेपाललाई आफ्नो एजेन्डामा सामेल गर्न सक्छ।’

पहिला चीनको पत्रिकालाई अन्तर्वार्ता दिएर भारतको कूटनीतिविरुद्ध अभिव्यक्ति दिएका ओलीले पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई नेपाल भ्रमणमा निम्तो दिएर भारतको कूटनीतिलाई ठूलो चुनौती थपेको पंजाब केसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च