दुई मन्त्रालय सहित फोरम सरकारमा जाने भयो पक्का,बिद्यालाई बोक्न ओलीले झलनाथलाई यसरी लगाए ब्रेक



हाम्रो इकोनोमि

निरन्तरका बैठकपछि संघीय समाजवादी फोरम ओली सरकारमा सहभागी हुने भएको छ।
मंगलबार बिहान बसेको फोरम पदाधिकारीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग भइरहेका श्रृंखलाबद्ध वार्ताका विषयमा ब्रिफिङ गरेका थिए। फोरमले सरकारमा जाने निर्णय गरेसंगै आज वाम गठबन्धन र फोरमबीच सहमतिमा हस्ताक्षर हुनेछ।

‘अहिलेसम्म भएका वार्ताहरुको समीक्षा गर्दै एमालेलाई संविधान संशोधनमा सहमत गराउने गरी सरकारमा जाने निर्णय भएको छ’, संघीय फोरमका नेता राजेन्द्र श्रेष्ठले भने।

फाेरमले प्रदेश सीमासम्बन्धी लगायतका संविधानका केही व्यवस्थामा संशाेधन चाहेकाे छ। सरकारमा फाेरमले दुइ मन्त्रालय पाउने सम्भावना छ।वाम गठबन्धनले फोरमसँगको वार्तालाई उच्च प्राथमिकतामा राखेर पटकपटक छलफल गर्दै आएको थियो।

यता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अघि पार्टीका बरिष्ठ नेताहरुसँग राष्ट्रपति उम्मेदवारका सम्बन्धमा मंगलबार बिहान अनौपचारिक छलफल गरेका छन्।

राष्ट्रपतिको उम्मेदवार चयनका सम्बन्धमा अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएपनि स्थायी समितिमा अल्पमतमा पर्ने देखिएपछि ओली बरिष्ठ नेताहरुसँग अनौपचारिक छलफल गरेका हुन्।

राष्ट्रपति उम्मेदवारका सम्बन्धमा अनौपचारिक छलफलका लागि ओलीले बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, पार्टी उपाध्यक्ष बामदेब गौतम, सचिव बिष्णु पौडेललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए।

नेताहरुसँग ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सन्तुलित र राम्रो रहेको बताएका थिए। राष्ट्रपति भण्डारीको भूमिकाको प्रसंशा गरेपछि ओलीले भनेका थिए, ‘जसलाई बनाएपनि सर्वसम्मतिका साथ उम्मेदवार चयन गरौं।’

आजको भेटवार्तालाई अन्य नेताहरुले राष्ट्रपतिमा भण्डारीलाई नै दोहो¥याउने ओलीको चाहनाका रुपमा बुझेका छन्। स्रोतका अनुसार, ओलीले अप्रत्यक्ष रुपमा भण्डारीको पक्षपोषण गरेपनि अरु नेताहरुले केही बोलेनन्।

स्थायी समितिको बैठक अपरान्ह ३ बजेका लागि डाकिएको छ। त्यसअघि पनि विहानकै जस्तो अनौपचारिक छलफल गरेर उम्मेदवारका सम्बन्धमा तयारी गरौं भन्ने प्रस्ताव प्रधानमन्त्री ओलीले नेताहरुसँग राखेका छन्।

एमाले प्रचार विभाग सचिव विष्णु रिजालले विहान बरिष्ठ नेता नेपाल सहितका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेको पुष्टि गरे। उनले भने, ‘सम्भवत राष्ट्रपति उम्मेदवारकै विषयमा छलफल गर्न उहाँहरु जानु भएको होला।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...