भारतको हेपाहा व्यवहार ध्वस्त पार्न पाकिस्तानी प्रधानमन्त्रीले ओली र प्रचण्डलाई गरे यस्तो आग्रह,ओलीले दिए यस्तो जवाफ



औपचारिक दुईदिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान भेटवार्ता भएको छ। होटेल हायातमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ।

करिब ४५ मिनेट भएको भेटमा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको प्रचण्डले पत्रकारलाई जानकारी दिए। दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा सार्कलाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा अब्बासीले पनि जोड दिएको उनले बताए।

सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको जानकारी गराए।

बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत सहभागी थिए।

हिजो नेपाल आइपुगेका अब्बासीले प्रधानमन्त्री केपी ओलीसँग हिजै वार्ता गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री अब्बासी आज स्वदेश फर्कंदैछन्।

नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खाकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ ।

दरवारमार्गस्थित होटल याक एन्ड यतीमा आज साँझ भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणको अन्त्य भएको पाकिस्तानी समकक्षी अब्बासीलाई जानकारी दिएका थिए।

दुई प्रधानमन्त्रीबीच क्षेत्रीय र द्विपक्षीय हितका विषयमा पनि खुलेर छलफल भएको सल्लाहकार रिमालले बताए। भने, ‘हामीले द्विपक्षीय चासो र हितका साथै आर्थिक विषयमा छलफल गर्‍यौं।’

रिमालका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको थियो। ‘सार्क हामी सबैको पहलमा स्थापना भएको हो, त्यसको महत्व अझै बाँकी छ’ रिमालले भने, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छौ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ।’

सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा दुबै पक्षको जोड रहेको सल्लाहकार रिमालले बताए।

भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निम्तो दिएका थिए भने प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मित्रराष्ट्र पाकिस्तानको भ्रमण गर्नेमा आश्वस्त पारेका थिए।

ओली प्रधानमन्त्री निर्वाचित भएकामा खुशी व्यक्त गर्दै अब्बासीले सफल कार्यकालको शुभकामना व्यक्त गरेको पनि सल्लाहकार रिमालले जानकारी दिए।

द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी तथा पाकिस्तानका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव, नेपालका लागि पाकिस्तानी राजदूतसहित उच्च अधिकारीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा