देउवा भारतको गुलाम भएको भन्दै पाकिस्तानी प्रधानमन्त्रीले भेट्न मानेनन्,ओलीले राजपा संग यसरी मिलाउने भए कुरा



दुई दिने नेपाल भ्रमणमा आज काठमाडौं आईपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खक्कान अब्बासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नभेट्ने बुझिएको छ।देउवा भारत निकट भएकोले नभेट्ने श्रोतको भनाई छ।
हिजो काठमाडौं आएका प्रधानमन्त्री अब्बासको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका थिए ।
उनको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिईएको थियो । उनको सम्मानमा १९ तोपको सलामी दिईएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओली र अब्बासबीच भेटवार्ता भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ । तर, कांग्रेस सभापति देउवासँग भेट गर्ने कुनै कार्यक्रम नरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ । आज नेपालको दुईदिने भ्रमणमा आउनुभएका उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

यता पछिल्लो समय राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागि गराउने प्रयास भएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नै राजपालाई सरकारमा आउन आग्रह गरेका थिए ।

तर अहिलेसम्म ठोस छलफल र सहमति भएको पाइदैन । राजपाका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीसँग कुराकानी भए पनि सहमति वा निष्कर्ष केही नभएको बताएका छन् ।

नेता यादवले सरकारले मधेशको मुद्दा वा संविधान संशोधनको विषयमा ठोस धारणा ल्याउन आफूहरुले सरकारलाई आग्रह गरेको बताए ।तर सरकारले अहिलेसम्म केही धारणा नदिएको उनले बताए । सरकारका तर्फबाट सरकारमा सहभागि हुन आग्रह मात्रै गरिएको उनको भनाई छ ।

विगतमा पनि फोरम र राजपाले संविधान संशोधनको मुद्दा अघि सारेको स्मरण गराउँदै यादवले अहिले पनि विशेष छलफल नभएको बताए ।उनले अहिलेको समयमा राजपाको मुख्य मुद्दा संविधान संशोधन नै भएको भन्दै सरकारमा सहभागि हुने कुरा प्राथमिकतामा नरहेको बताए ।
“हाम्रा मागका बारेमा ठोस धारणा आएपछि मात्रै सरकारमा सहभागि हुने विषयमा छलफल हुन्छ ।” यादवले भने ।
उपेन्द्र यादवलाई सरकारमा जानबाट रोक्नका लागि अस्त्र प्रयोग गर्न लागेको हो भन्ने धमलाको प्रश्नमा यादवले त्यसको खण्डन गर्दै भने, “हामीले कसैलाई रोक्नका लागि अस्त्र प्रयोग गरेका छैनौँ ।”

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा