ओलीलाई काउन्टर दिदै उनैका मन्त्री लालबाबु पण्डितले भने-राष्ट्रपति झलनाथ बन्नुहुन्छ,बिद्याको सम्भावना छैन



जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् ।

यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् ।राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन यही महिनाभित्र गरिने उनले बताए ।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिने र नयाँ व्यक्ति राष्ट्रपति बन्ने दुवै सम्भावना रहेको बताए ।

“सम्भावनालाई नकार्न सकिदैन । झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनालाई आश्चर्यको रुपमा लिनुपर्दैन । उहाँको पनि सम्भावना छ ।” पण्डितले भने ।
भण्डारी र खनालको सम्भावना बढि रहेको भन्दै उनले सुवास नेम्वाङको सम्भावना भने कम रहेको बताए ।

मन्त्री पण्डितले निर्वाचनको काम सकिएपछि प्रादेशिक र संघीय कानुन निर्माण गरिने बताए ।
“प्रादेशिक र संघीय कानुन नबन्दा स्थानीय स्तरमा समस्या भएको छ । त्यसकारण कानुन छिटो बनाउनुपर्छ ।” पण्डितले भने ।फरक प्रसङ्गमा मन्त्री पण्डितले पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन आउन लागेको जानकारी दिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चयनअघि सरकारलाई पूर्णता नदिने भएका छन्। आफ्नै पार्टीभित्रको सन्तुलन बिग्रिने डरले ओलीले सरकार विस्तारमा ढिलाइ गरेको एमालेका एक नेताले बताए।

बाहिरबाट हेर्दा संघीय समाजवादी फोरमसँग कुरा नमिलेका कारण सरकार विस्तारमा ढिलाइ जस्तो देखिए पनि आन्तरिक रुपमा ओलीले राष्ट्रपति निर्वाचनका कारण सरकार विस्तारमा ढिलाइ गरेका छन्।
‘प्रधानमन्त्रीको चाहना सकभर राष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने छ, त्यसो नभएमा पनि मनोनयन दर्ताअघि त सरकार विस्तार हुँदैन’, एमाले स्थायीका एक सदस्यले भने।
राष्ट्रपतिका लागि २३ फागुनमा उम्मेदवारी दर्ता र २९ फागुनमा निर्वाचन हुँदैछ।

ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिन चाहन्छन्, जुन पार्टीको आन्तरिक शक्ति सन्तुलनमा अघिल्लो पटक जति सहज छैन।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिका लागि इच्छुक भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुका साथै आन्तरिक पहल तीब्र पारेपछि ओली अप्ठेरोमा परेका छन्।
नेता माधव नेपाललाई विश्वासमा लिने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले मन्त्री छनोटका कारण उनी नचिढियून् भन्ने नीति बनाएका हुन्।

३ फागुनमा आफैले अगाडि सारेका रघुवीर महासेठलाई पन्छाएर बरिष्ठ नेता नेपालले भने अनुसार लालबाबु पण्डितलाई मन्त्री बनाएका प्रधानमन्त्री ओलीका लागि थप मन्त्री छनोट झन् जटिल बन्दै गएको छ।
नेपाललाई टाढा जान नदिनका लागि उनको कोटाबाट मन्त्री बनाउने तर सक्रिय र सम्भावना भएका व्यक्ति नभएर सामान्य कार्यकर्तालाई मौका दिने ओलीको नीति रहेको बुझाइ नेपाल पक्षको छ।

अहिले उपाध्यक्ष वामदेव गौतमले रघुवीर महासेठलाई मन्त्री बनाउन दबाब दिइरहेका छन्। महासेठ नभएमा बलराम बाँस्कोटाको नाम अघि सारिरहेका गौतम पनि मन्त्री नपाएमा झन् चिढिने र राष्ट्रपतिको उम्मेदवार छनोटमा असर पर्ने बुझाइ बालुवाटारको छ।

माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा उभिए भने प्रधानमन्त्री ओलीसँग एमाले स्थायी समितिमा बहुमत रहँदैन।
‘यदि यसपटक उहाँले चाहे अनुसार नै विद्या भण्डारी उम्मेदवार बन्नुभएछ भने पनि पहिला जस्तो सजिलो हुँदैन, अघिल्लो पटक सर्वसम्मत भइसकेको व्यक्तिका नाममा यसपटक मतदान हुनु राम्रो हुँदैन’, माधव नेपाल पक्षीय एमालेका एक नेता भन्छन्, ‘त्यसमा पनि राष्ट्रपति भइसकेको व्यक्ति विवादित बनेर उम्मेदवार बन्दा मजा आउँदैन।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको