पौडेल पक्षका प्रकाशमानलाई सोत्तर पार्दै देउवा यसरी बने ४४ सांसदका प्यारा,गणेशमान पुत्रको धज्जी उड्यो



नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
केहीबेरअघि सम्पन्न निर्वाचको मतरिणामअनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् ।६३ जना सासंद रहेकोमा दलको नेता चयन हुनका लागि ३२ मतको आवश्यकता थियो । जसमा देउवाले ४४ मत पाए ।

यसरी भयो पाकिस्तानी प्रमलाई सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिने निर्णय

पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई अपरान्ह साढे ५ बजे सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिइने भएको छ। अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने गरेपछि प्रधानमन्त्री अब्बासी बौद्धस्थित हायात रिजेन्सी होटल पुगेर केही समय विश्राम गर्नेछन्। त्यसपछि सैनिक मञ्च पुगेर ‘गार्ड अफ अनर’ ग्रहण गर्नेछन्।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिइँदै आएको ‘गार्ड अफ अनर’ सैनिक मञ्चमा दिने निर्णय १६ फागुनको मन्त्री परिषद बैठकले गरेको थियो। मन्त्री परिषद्को औपचारिक बैठक अघि प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ कहाँ दिने भन्ने सम्बन्धमा विस्तृत छलफल गरेका थिए।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मन्त्री परिषदका सदस्यहरु, प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, विदेश मामिलाका जानकार एमाले नेता राजन भट्टराई, प्रधानसेनापति राजेन्द्र क्षेत्री र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए।

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेको जानकारी गराउँदै ‘गार्ड अफ अनर’ कहाँ दिने भन्ने सम्बन्धमा छलफल सुरु भएपछि विभिन्न बिकल्प प्रस्तुत भयो। त्यसमध्ये राष्ट्रपति भवन शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्री र सैनिक मञ्च टुँडिखेलको विकल्प अघि सारियो। तर, ती दुबै स्थान ‘गार्ड अफ अनर’ का लागि साँघुरो हुने प्रधानसेनापति क्षेत्रीले सुझाव दिए।

‘गार्ड अफ अनर’ भनेको मूलतः सैनिक सलामी हो। सैनिक सलामीमात्रका लागि त राष्ट्रपति भवन र बालुवाटारस्थित प्रधानमन्त्रीको निवास साँघुरो हुँदैन। तर, दुई बर्षयता नेपाली सेनाले ‘गार्ड अफ अनर’ का साथ सैनिक परेड निरीक्षणको कार्यक्रमपनि राख्ने गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा परेड निरीक्षणको कार्यक्रम सुरु गरिएको हो।

यसरी तीन बिकल्प अघि सारिएपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘गार्ड अफ अनर’ का साथ सैनिक परेडको निरीक्षणको कार्यक्रम पनि हुने भएकाले त्यसका लागि सैनिक मञ्च नै उपयुक्त हुने सुझाव दिए। त्यसमा प्रधानमन्त्री ओली लगायत अन्य पनि सहमत भए। त्यसपछि बसेको मन्त्री परिषदको बैठकले सैनिक मञ्चमा नै ‘गार्ड अफ अनर’ दिने निर्णय गर्‍यो।

जहाँसम्म विमानस्थलमा दिइँदै आएको ‘गार्ड अफ अनर’ किन यस पटक त्यहाँबाट बाहिर सारियो भन्ने विषय हो, विदेशी अनुभव र व्यावहारिकतालाई हेरेर प्रधानमन्त्री ओलीले यो निर्णय लिएका हुन्। खासमा थाकेर आएका विदेशी अतिथिलाई सहज होस् भनेर प्रधानमन्त्री ओलीले ‘गार्ड अफ अनर’ लिने स्थान परिवर्तन गरेका हुन्।

विदेशी अतिथि लामो हवाई दुरी पार गर्दै नेपाल आइपुगेका हुन्छन्। लामो यात्राका कारण उनीहरु थाकेका हुन्छन्। थकाईका कारण केही क्षण आरामको मानसिकताका हुन्छन् उनीहरु। लामो यात्राका कारण उनीहरुले लगाएको पोशाक समेत ‘गार्ड अफ अनर’ कार्यक्रममा उपस्थित हुने गरी अनुकूल हुँदैन।

यही कुरा मध्यनजर गर्दै अन्य देशले विमानस्थलमा स्वागतका लागि मन्त्री वा विदेश मन्त्रालयका बरिष्ठ अधिकारीलाई विमानस्थल पठाउँछन्। विमानस्थलमा हुने स्वागतपछि पाहुना बस्ने होटलमा लगिन्छ, जहाँ उनले केही समय आराम गर्छन्। भोक लागेको भए खानेकुरा खान्छन् र पोशाकपनि फेर्छन्। त्यसपछि मात्र तोकिएको स्थानमा ‘गार्ड अफ अनर’ का लागि जान्छन्।

यही कुरा मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले पनि ‘गार्ड अफ अनर’ दिने स्थान र समय परिवर्तनको प्रस्ताव राखेका हुन्। प्रधानसेनापति क्षेत्रीले ‘गार्ड अफ अनर’ का साथ सैनिक परेड समेत निरीक्षणको प्रचलन भएको बताउँदै त्यसका लागि सैनिक मञ्च नै उपयुक्त रहेको सुझाव दिएपछि त्यसमा प्रधानमन्त्री ओलीपनि सहमत भए।

निर्धारित कार्यक्रम कार्यक्रम अनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गर्नेछन्। त्यसपछि अब्बासी बौद्धस्थित हायात रिजेन्सी होटल पुग्नेछन्। र, ‘गार्ड अफ अनर’ का लागि सभा ५ बजे सैनिक मञ्चका लागि प्रस्थान गर्नेछन्। सैनिक मञ्चमा उनलाई साढे पाँच बजे ‘गार्ड अफ अनर’ दिइनेछ। गा

सैनिक स्रोतका अनुसार, ‘गार्ड अफ अनर’ का क्रममा नेपाल र पाकिस्तान दुबै देशको राष्ट्रिय गीतको धुन प्रयोग हुनेछ। त्यसैक्रममा दुबै प्रधानमन्त्री सैनिक मञ्चका बसेर सैनिक परेडको निरीक्षण समेत गर्नेछन्। ‘गार्ड अफ अनर’ र सैन्य परेड निरीक्षणको कार्यक्रम करिव २० मिनेटको हुनेछ।

सैनिक मञ्चमा हुने यी दुई कार्यक्रमपछि प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासी दरवारमार्गस्थित होटल याक एण्ड यति पुग्नेछन्। र, द्धिपक्षीय वार्तामा सहभागी हुनेछन्। द्धिपक्षीय वार्ता करिव १ घण्टाको हुनेछ। त्यहीँ प्रधानमन्त्री ओलीले समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना समेत गरेका छन्।

अब्बासीले मंगलबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने कार्यक्रम छ। प्रचण्डसँगको भेटलगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि राष्ट्रपति भवन पुग्नेछन्। राष्ट्रपति भण्डारी–प्रधानमन्त्री अब्बासीबीच विहान १० बजे भेटघाट हुनेछ। शुक्रबार विहान ११ बजे उनी पाकिस्तानका लागि प्रस्थान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको