ओलीले थप्ने भए यस्तो शक्तीशाली मन्त्रालय,प्रदिप ज्ञवाली मन्त्री बन्दै,राजपा र फोरम पनि सरकारमा जाने



हाम्रो इकोनोमि

प्रत्यक्षरुपमा प्रधानमन्त्रीको मातहतमा रहने गरी एमाले नेता प्रदीप ज्ञवालीलाई बिना विभागीय मन्त्री बनाइने भएको छ ।
संशोधित कानुनु र संरचना अनुसार राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शद्धिकरण विभाग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि समेत प्रधानमन्त्री कार्यालय अन्तर्गत नै पर्ने हुनाले बिस्तारित दायित्वमा प्रधानमन्त्रीलाई सघाउन ज्ञवालीलाई नयाँ जिम्मेवारी दिइने तयारी भएको एक उच्च राजनीतिक स्रोतले देश सञ्चारलाई बतायो ।
ज्ञवालीको जिम्मेवारीमा कुनै खास मन्त्रालय भने रहने छैन । प्रधानमन्त्री कार्यालय अन्तर्गत बिना विभागीय मन्त्रीसँगै सुरक्षा तथा परराष्ट्र मामिलामा सल्लाह दिन राष्ट्रिय सुरक्षा सल्लाहकारको शत्तिशाली संरचना स्थापित गर्ने तयारीमा पनि प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोतले बतायो ।

यता एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी पनि सहभागि हुने सम्भावना बढेको छ ।
यसअघि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनका लागि पहल गरिरहेको सरकारले हिजो राजपालाई पनि सरकारमा आउन ग्रिन सिग्नल दिएको थियो ।

आज फोरमसँग निर्णायक वार्ता गर्ने तयारी भइरहँदा राजपालाई पनि सरकारमा सहभागि गराउने विषयले प्रवेश पाएको हो ।
स्रोतले दिएको जानकारी अनुसार फोरम र राजपा दुवै दललाई दुईदुईवटा मन्त्रालय दिएर सरकामा सहभागि गराउने विषयमा छलफल भइरहेको छ ।

फोरम र राजपा दुवैले मधेशी जनताको अधिकार सुनिश्चितताका लागि संविधान संशोधनको माग राख्दै आएका छन् ।
संशोधनको माग पूरा गर्न सरकार लचक देखिएपछि छलफल अगाडि बढाइएको हो ।

यसैबिच राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा मन्त्रिपरिषद बिस्तारका लागि आन्तरिक र बाहृय छलफल जारी राख्ने तर सरकारले पूर्णता भने राष्ट्रपति निर्वाचनपछिमात्र पाउने एमालेका एक नेताले बताएका छन् ।

फागुन ३ गते प्रधानमन्त्रीमा निर्वा्चित भएका प्रधानमन्त्री ओलीले शुरुमा एमालेका दुई पोलिटव्यूरो सदस्य लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्रिपरिषदमा सामेल गरेका थिए । दोस्रो चरणमा एमाले र माओवादीबाट दुईदुई जना मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...