ओलीले थप्ने भए यस्तो शक्तीशाली मन्त्रालय,प्रदिप ज्ञवाली मन्त्री बन्दै,राजपा र फोरम पनि सरकारमा जाने



प्रत्यक्षरुपमा प्रधानमन्त्रीको मातहतमा रहने गरी एमाले नेता प्रदीप ज्ञवालीलाई बिना विभागीय मन्त्री बनाइने भएको छ ।
संशोधित कानुनु र संरचना अनुसार राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शद्धिकरण विभाग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि समेत प्रधानमन्त्री कार्यालय अन्तर्गत नै पर्ने हुनाले बिस्तारित दायित्वमा प्रधानमन्त्रीलाई सघाउन ज्ञवालीलाई नयाँ जिम्मेवारी दिइने तयारी भएको एक उच्च राजनीतिक स्रोतले देश सञ्चारलाई बतायो ।
ज्ञवालीको जिम्मेवारीमा कुनै खास मन्त्रालय भने रहने छैन । प्रधानमन्त्री कार्यालय अन्तर्गत बिना विभागीय मन्त्रीसँगै सुरक्षा तथा परराष्ट्र मामिलामा सल्लाह दिन राष्ट्रिय सुरक्षा सल्लाहकारको शत्तिशाली संरचना स्थापित गर्ने तयारीमा पनि प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोतले बतायो ।

यता एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी पनि सहभागि हुने सम्भावना बढेको छ ।
यसअघि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनका लागि पहल गरिरहेको सरकारले हिजो राजपालाई पनि सरकारमा आउन ग्रिन सिग्नल दिएको थियो ।

आज फोरमसँग निर्णायक वार्ता गर्ने तयारी भइरहँदा राजपालाई पनि सरकारमा सहभागि गराउने विषयले प्रवेश पाएको हो ।
स्रोतले दिएको जानकारी अनुसार फोरम र राजपा दुवै दललाई दुईदुईवटा मन्त्रालय दिएर सरकामा सहभागि गराउने विषयमा छलफल भइरहेको छ ।

फोरम र राजपा दुवैले मधेशी जनताको अधिकार सुनिश्चितताका लागि संविधान संशोधनको माग राख्दै आएका छन् ।
संशोधनको माग पूरा गर्न सरकार लचक देखिएपछि छलफल अगाडि बढाइएको हो ।

यसैबिच राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा मन्त्रिपरिषद बिस्तारका लागि आन्तरिक र बाहृय छलफल जारी राख्ने तर सरकारले पूर्णता भने राष्ट्रपति निर्वाचनपछिमात्र पाउने एमालेका एक नेताले बताएका छन् ।

फागुन ३ गते प्रधानमन्त्रीमा निर्वा्चित भएका प्रधानमन्त्री ओलीले शुरुमा एमालेका दुई पोलिटव्यूरो सदस्य लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्रिपरिषदमा सामेल गरेका थिए । दोस्रो चरणमा एमाले र माओवादीबाट दुईदुई जना मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको