बहुमत भएको दाबी गरे पनि शेरबहादुर दलको नेतामा पराजित हुने यस्तो भेटियो रहस्य,गगनले पनि हाने किक



नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहेको छ ।
मतदान तीव्रगतिमा भइरहेको हो । सोमबारै संघीय संसदको बैठक बस्ने भएकाले पनि नेताहरु छिटोछिटो आफ्नो संसदीय दलको नेता छान्न उत्साही देखिएका छन् ।

निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु भएको जनाएको छ ।
५० मिनेटको अवधिमै ३३ मत खसिसकेको छ ।
मतदानको समय दिउँसो १ बजेसम्मलाई रहे पनि छिट्टै सतप्रतिशत मतदान भए तत्कालै गणना गरिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा चलिरहेको छ ।
संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदैछ ।

पहिलो मतदान भने सिंहले गरेका छन् ।
सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भइरहेको हो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ ।
सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ ।
यसले पनि भिडन्त अझै रोचक हुने देखिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । अंकगणितीय हिसाबले देउवा अगाडि रहेका छन् । उनी बहुमतप्राप्त छन् ।

देउवाका ६३ मध्ये ४० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ ।
देउवाले यही दाबीलाई आधार मानेर आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन ।

काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो । त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो ।
देउवा पक्ष भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको हारको जिम्मा एक्लै सभापतिले किन लिने रु भन्दै आएको छ । दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

सर्वसम्मत रुपमा नेता चयन गर्ने प्रयास गरिए पनि दुवै आकांक्षी पछि नहटेपछि चुनाव हुन लागेको हो ।
कांग्रेसका नेता तथा सासंद सञ्जय गौतमले सर्वसम्मतिको प्रयास सफल नभएपछि चुनाव हुन लागेको बताए ।
नेता गौतमले देउवालाई दलको नेताको दौडबाट पछि हटेर अरुलाई नै सर्वसम्मत बनाउन आग्रह गरिए पनि नमानेको बताए ।
अहिलेको समयमा नेतृत्व परिवर्तनको खाँचो भए पनि सभापति देउवाले मनन नगरेको उनको तर्क छ ।

अहिलेको परिस्थितीमा संसदमा शसक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि देउवाको विकल्प खोज्नुपर्ने बेला भएकाले आफूहरु देउवालाई सर्वसम्मत दलको नेता बनाउनबाट पछि हटेको गौतमले बताए ।
गणितको हिसाब गर्दा देउवाले चुनाव जित्ने अवस्था भनिए पनि कांग्रेसको आवश्यकता अनुसार सासंदहरुले उचित निर्णय गरेर सिंहलाई मत दिने विश्वास गौतमको छ ।

“नेपाली कांग्रेसमा निष्ठावान सासंदहरु छन् । हिजोको विभाजनको आधारमा मात्रै मतदान हुँदैन । माननीय सासंदहरुले विवेकको प्रयोग गर्नुहुन्छ । प्रकाशमानले जित्नुहुन्छ ।”गौतमले भने ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको