कांग्रेस संसदीय दलमा देउवा र सिह भिड्दै, कस्ले मार्ला बाजी



हाम्रो इकोनोमि

सर्वसम्मतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान भईरहेको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमामा विहान १० बजदेखि १ बजेसम्म मतदान हुने छ ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा उत्रिएका छन्। सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन छ । दुवै उम्मेदवारले मतदान गरिसकेका छन् भने अन्य मतदाताले मतदान गरिरहेका छन् । सभापति देउवा र पूर्वमहामन्त्री सिंहले आइतबार साँझ संसदीय दलको नेताका लागि आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाले साँझ ६ बजे र सिंहले त्यसको आधा घण्टापछि उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । देउवाको उम्मेदवारी वारेसनामाबाट नेता बालकृष्ण खाँडले दर्ता गराएका थिए । देउवाको उम्मेदवारीमा प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन् । सिंहको प्रस्तावकमा भने कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम छन् ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीमाथि कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप छ । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...