संघीय संसद्को पहिलो बैठक आज बस्दै,यस्ता छन् कार्यसूची,ओली भन्छन-पार्टी एकतामा धोका दिन्न



संघीय संसद् (राष्ट्रियसभा र प्रतिनिधिसभा) को पहिलो बैठक आज अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। संघीय संसद्को निर्वाचन सकिएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। हिजोमात्रै सांसदहरुले सपथ ग्रहण गरेका थिए।

आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्ये ष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन्। बैठकमा ज्येष्ठ सदस्यबाट राष्ट्रपतिले अधिवेशन आह्वानका लागि गरेको पत्र पढेर सुनाइनेछ।

पहिलो बैठकले संसद्को कार्यसञ्चालनका लागि अन्तरिम कार्यविधि ०७४ पारित गर्नेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डल पनि आजै चयन गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा प्रतिनिधिसभाको अन्तरिम कार्यविधि ०७४ को दफा ६(१) अनुसार प्रतिनिधिसभाका सभामुख चयनको मिति तोकिनेछ।

फागुन २६ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ । फागुन २७ गते नै प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेगरी मिति निर्धारण गरिनेछ।सभामुख र अध्यक्षको चयन भएपछि मात्रै उपसभामुख र उपाध्यक्ष चयनको मिति तयर गरिने संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।

यता,प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र०सँगको पार्टी एकतामा कुनै धोका नहुने बताएका छन्।

झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उनले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताए।

उनले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उनीहरुको आकांक्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो।

स्मृति सभामा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायत थिए।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको