ओली भेट्न हान्निएर उपेन्द्र यादव बालुवाटार छिरे,यादवलाई मनाउन यस्तो बन्दैछ सहमति



नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन्।

संविधान संशोधनमा सरकारसँग सहमती गरेका फोरम अध्यक्ष यादवले मन्त्रालय बाँडफाँटमा सहमती गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन्।

बालुवाटार स्रोतका अनुसार बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित नेता भीम रावल सहभागी छन्। माओवादी केन्द्रबाट अध्यक्ष दाहालसँगै नारायणकाजी श्रेष्ठ उपस्थित छन् भने फोरमबाट यादवसहित राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा ल्याउने प्रयास स्वरुप निरन्तर छलफल गर्दै आएका छन्। दुई तिहाईको सरकार चलाउने उद्देश्य अनुरुप प्रधानमन्त्री ओलीले परराष्ट्रसहित २ मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा आउन फोरम अध्यक्ष यादवलाई प्रस्ताव गरिसकेका छन्। फोरमले सरकारमा सहभागी हुन उपप्रधानसहित तीन मन्त्रालयको दाबी गरेको छ। फोरमसँगको वार्ता निष्कर्षमा नपुगेकै कारण प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन्।

यता ‘जेष्ठ सदस्य’ मानिएका महेन्द्र राय यादवले प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण नगराउने भएका छन्। आफ्नो नागरिकताको जन्ममिति नै गलत भएको बताउँदै यादवले आजको शपथ ग्रहणमा आफू सहभागी समेत नहुने बताए।

‘हुन त, नागरिकता अनुसार म नै प्रतिनिधि सभाको जेष्ठ सदस्य हुँ’ यादवले भने, ‘प्रतिनिधि सभाका सदस्यहरुलाई सत्य र निष्ठाको शपथ ग्रहरण गराउनु पर्ने हुन्छ। तर, मेरो जन्ममिति नै फरक परेको स्थितिमा त्यस्तो शपथ ग्रहण गराउने स्थितिमा म छैन।’

आजको शपथ ग्रहणमा सहभागी नहुने सम्बन्धमा यादवका दुई तर्क छन्। एक, आफ्नै जन्ममिति फरक भएकाले सत्य र निष्ठाको सपथ ग्रहण गराउन मिल्दैन। दुई, जन्ममिति गलत भएकाको सच्याउन पाउनु पर्छ भन्ने माग।

‘धेरै नेपालीको वास्तविक जन्ममिति गलत छ, नागरिकता बनाउँदा कर्मचारीहरुले नै गलत जन्ममिति लेखिदिने गरेका छन्’ यादवले भने, ‘गलत जन्ममिति लेखिएकाहरुको जन्ममिति सच्याउन पाउनुपर्छ भन्ने मेरो माग हो।’

‘नैतिक दृष्टिले मैले प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई शपथ ग्रहण गराउन मिल्दैन’ यादवले थपे, ‘किनभने, नागरिकताका हिसावले भएपनि वास्तविक रुपमा म प्रतिनिधि सभाको जेष्ठ सदस्य होइन।’

यिनै तर्कका आधारमा आजको शपथग्रहणमा यादव सहभागी नहुने भएका छन्। यादव अनुपस्थित हुने भएपछि प्रतिनिधि सभाका सदस्यहरुलाई प्रतिनिधि सभाका अर्का जेष्ठ सदस्य महन्थ ठाकुरले शपथग्रहण गराउनेछन्।

नागरिकता अनुसार ठाकुर ७५ वर्ष पुगेका छन् भने यादव ८० वर्ष। यादवले आफ्नो वास्तविक जन्ममिति भने बताउन चाहेनन्। उनले भोलि छुट्टै शपथग्रहण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको