प्रहरी कानुन अनुसार होइन नेताको आदेशमा चल्छ भन्ने यस्तो तथ्य फेला पर्यो,सिलवालको मुद्दामा प्रहरी किन भयो ‘यू–टर्न’?



हाम्रो इकोनोमि

सरकार फेरिएसँगै नेकपा एमालेका सांसद नवराज सिलवालविरुद्धको मुद्दामा प्रहरी ‘यू–टर्न’ भएको छ। सिलवाललाई पक्राउ गर्न इन्टरपोलको समेत सहयोग माग्ने प्रहरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै ‘यू टर्न’ भएको हो।

सिलवाललाई फरार अभियुक्त बनाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार सिलवाल संसद् भवन छिर्दा पनि नदेखेझैं गर्यो।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सिलवाललाई मुद्दा चलाउन प्रहरीले हतार–हतार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सिलवाललाई पक्राउ गर्न देशभरिकै प्रहरी कार्यालयलाई पत्राचार समेत गरिएको थियो। तर, नयाँ सरकार बनेलगत्तै प्रहरीले सिलवालको खोजी तथा उक्त मुद्दाको अनुसन्धानमा चासो दिएको छैन।

यो घटनाले प्रहरी कानुन अनुसार होइन नेताको आदेश अनुसार चल्छ भन्ने प्रष्ट भएको छ। पहिला तत्कालीन प्रधानमन्त्री देउवाको दबाबमा प्रतिवेदन बुझाउने प्रहरीले अहिले प्रधानमन्त्री ओलीको निर्देशनपछि सो मुद्दाको अनुसन्धानमा चासो दिएको छैन।

प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपाने भने सो मुद्दामा प्रहरीको अनुसन्धान सकिसकेको बताउँछन्। ‘प्रहरीले अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ, थप अधिकार वकिलको कार्यालयमै निहित छ।’

प्रहरी महानिरीक्षकमा बढुवाको मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मूल्याङ्कन (कासमू) सम्बन्धी कागजपत्र सरकारको रेकर्डमा रहेको भन्दा फरक पाइएको भन्दै सर्वाेच्च अदालतले अनुसन्धानका लागि आदेश दिएको थियो।

फैसलाको पूर्णपाठ तयार भएलगत्तै त्यससम्बन्धी पत्र गृहबाट प्रहरी प्रधान कार्यालय हुँदै काठमाडौं प्रहरीमा पुगेको थियो। सो प्रकरणमा काठमाडौंका तत्कालीन एसएसपी रवीन्द्र धानुक लगायतको सरुवा समेत भएको भयो।

आइजिपीको मुद्दा हारेपछि प्रहरीबाट राजीनामा दिएर राजनीतिमा होमिएका सिलवाललाई एमालेले ललितपुर क्षेत्र नम्बर १ बाट टिकट दिएपछि प्रतिनिधिसभामा विजयी समेत भए। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी भूमिगत भएका थिए।

करिब दुई महिना देखा नपरेका सिलवालले शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संसद भवन बानेश्वरमा आयोजित संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै आफू फरार नभएको दाबी गरेका छन्। ट्विटमा उनले भनेका छन्, ‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र ऊ कुनै फरार व्यक्ति पनि होइन। तथ्यलाई बंग्याएर केही मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दुःख व्यक्त गर्दछु।’

सरकार परिवर्तन भएसँग यो घटनाको अनुसन्धानमा प्रहरीले यूटर्न लिनुले एकातर्फ कासमू कीर्ते घटनाको वास्तविकता झन् रहस्यमय बनेको छ भने अर्काेतर्फ प्रहरीमा हुने चरम राजनीतिक हस्तक्षेप पनि प्रस्ट्याएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...