दुवै संसदका सांसदले यसरी खाने भए सपथ,हिन्दी सहित ११ भाषामा सपथ खाने यस्ता छन् सांसद



प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद)का सदस्यहरुले आइतबार शपथ ग्रहण गर्दैछन् ।
प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले शपथ ग्रहण कार्यक्रमको सबै तयारी पूरा भएको बताएका छन् ।
प्रवक्ता गौतमले दुवै सदनका सासंदहरुको शपथ ग्रहण गराउनुअघि राष्ट्रपतिबाट एक बजे दुवै सदनका जेष्ठ सदस्यहरुलाई शपथ ग्रहण गराईने जानकारी गराए ।

प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सासंदहरुलाई शपथ ग्रहण गराउनेछन् ।

राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।
सर्लाही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वा्चित यादव ८० वर्ष र भट्ट ६९ वर्ष रहेको संसद सचिवालयमा अभिलेख छ । प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय छ ।

ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो ।
शपथ ग्रहणका लागि सासंदहरुले निर्वाचित भएको प्रमाणपत्रसहित आउनुपर्ने गौतमले बताए ।

शपथ ग्रहण मुलत राष्ट्रिय भाषामा हुने भए पनि कानुनी व्यवस्थाअनुसार सासंदहरुले आफ्नो मातृभाषामा पनि शपथ ग्रहण गर्न पाउने गौतमले जानकारी दिए ।
मूल भाषाको रुपमा नेपाली भाषा, मातृभाषाको रुपमा मैथिली, भोजपुरी, थारु, मगर, अवधि, वर्जिका, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी ११ भाषामा शपथ ग्रहण हुने गौतमले जानकारी दिए ।

दुवै संसद गरी ४४ जना सासंदले मातृभाषामा शपथ ग्रहण गर्नका लागि संसद सचिवालयमा जानकारी गराएको गौतमले बताए ।
परम्पराअनुसार राष्ट्रिय पोषाक र भाषा संस्कृति झल्किने पोषाक पनि सासंदले लगाउन पाउने उनले बताए ।

भोली बस्ने संसद अधिवेशनका बारेमा जानकारी दिदै गौतमले सुरुमा राष्ट्रपतिले संसद अधिवेशन बोलाएको पत्र पढेर सुनाउने कार्यतालिका रहेको बताए ।

ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गरेपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रीमण्डल गठनको पत्रहरु पनि विधिवत रुपमा संघीय संसदमा प्रवेश गर्ने उनले बताए ।

त्यसपछि दुवै सदन संचालनको नियमावली निर्माण प्रक्रिया सुरु हुने छ । नियमावली नबनेसम्मका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने गौतमले बताए ।

भोली बस्ने पहिलो बैठकले नै अन्तरिम कार्यविधि पारित हुनेछ । त्यसपछि भोलीको २१ दिनभित्र दुवै सासंदको सभामुख र उपसभामुखको चुनाव हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
त्यसैगरी ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको