यी चार सांसद् जसले ऐतिहासिक शपथग्रहण समारोहमा भाग लिन पाँउँदैनन्



हाम्रो इकोनोमि

संघीय संसद् र राष्ट्रियसभाका सांसदहरु आज हुने शपथ ग्रहण समारोहमा उपस्थितिका लागि ब्यग्र प्रतीक्षामा छन् । दिउँसो चार बजे प्रतिनिधिसभाको र पाँच बजे राष्ट्रियसभाको शपथग्रहण समारोहमा सहभागी हुन यतिबेला ‘माननीय’हरु अन्तिम तयारी गरिरहेका छन् । तर प्रतिनिधिसभा र राष्ट्रियसभाका केही यस्ता अनुहारहरु छन्, जसले आजको ऐतिहासिक शपथग्रहण समारोह गुमाउनेछन् ।

आज हुने शपथग्रहणमा फरार अवस्थामै उम्मेदवारी दिएर कैलाली १ बाट विजयी रेशम चौधरी उपस्थित हुने छैनन् । टीकापुर हत्या काण्डका मुख्य योजनाकार मानिने चौधरीले केही दिनअघि मात्रै कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अभियोग लागेका चौधरी यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।

 

प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने आज शपथ लिनेछन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार, सिलवालमाथि लागेको सरकारी कागजात कीर्ते आरोपसम्बन्धी पत्रको औपचारिक पत्र सचिवालयलाई प्राप्त भएको छैन । फरार सूचीमा रहेका सांसद् सिलवाल शनिबार एमाले-माओवादी सांसद्लाई दिइएको प्रशिक्षणमा समेत सहभागी भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिस केपी ओली नेतृत्वको सरकारले उल्ट्याएपछि मनोनित ३ सांसदको शपथ पनि अन्योलमा छ । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले डा. युवराज खतिवडा, डा. विमला पौडेल राई र रामनारायण बिडारीलाई मनोनित गरे पनि यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । संयोगवश सर्वोच्चले यसको सुनुवाइ आज गर्दैछ ।राष्ट्रियसभाका ३ र प्रतिनिधिसभाका १ सांसदको शपथ नहुने भए पनि प्रतिनिधिसभाका २७४ र राष्ट्रियसभाका ५६ सांसदले भने आज शपथ ग्रहण समारोहमा भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...