यी चार सांसद् जसले ऐतिहासिक शपथग्रहण समारोहमा भाग लिन पाँउँदैनन्



हाम्रो इकोनोमि

संघीय संसद् र राष्ट्रियसभाका सांसदहरु आज हुने शपथ ग्रहण समारोहमा उपस्थितिका लागि ब्यग्र प्रतीक्षामा छन् । दिउँसो चार बजे प्रतिनिधिसभाको र पाँच बजे राष्ट्रियसभाको शपथग्रहण समारोहमा सहभागी हुन यतिबेला ‘माननीय’हरु अन्तिम तयारी गरिरहेका छन् । तर प्रतिनिधिसभा र राष्ट्रियसभाका केही यस्ता अनुहारहरु छन्, जसले आजको ऐतिहासिक शपथग्रहण समारोह गुमाउनेछन् ।

आज हुने शपथग्रहणमा फरार अवस्थामै उम्मेदवारी दिएर कैलाली १ बाट विजयी रेशम चौधरी उपस्थित हुने छैनन् । टीकापुर हत्या काण्डका मुख्य योजनाकार मानिने चौधरीले केही दिनअघि मात्रै कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अभियोग लागेका चौधरी यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।

 

प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने आज शपथ लिनेछन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार, सिलवालमाथि लागेको सरकारी कागजात कीर्ते आरोपसम्बन्धी पत्रको औपचारिक पत्र सचिवालयलाई प्राप्त भएको छैन । फरार सूचीमा रहेका सांसद् सिलवाल शनिबार एमाले-माओवादी सांसद्लाई दिइएको प्रशिक्षणमा समेत सहभागी भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिस केपी ओली नेतृत्वको सरकारले उल्ट्याएपछि मनोनित ३ सांसदको शपथ पनि अन्योलमा छ । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले डा. युवराज खतिवडा, डा. विमला पौडेल राई र रामनारायण बिडारीलाई मनोनित गरे पनि यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । संयोगवश सर्वोच्चले यसको सुनुवाइ आज गर्दैछ ।राष्ट्रियसभाका ३ र प्रतिनिधिसभाका १ सांसदको शपथ नहुने भए पनि प्रतिनिधिसभाका २७४ र राष्ट्रियसभाका ५६ सांसदले भने आज शपथ ग्रहण समारोहमा भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...